हिन्दू धर्मावलम्वीहरुको दास्रो ठूलो चाड तिहार भित्रिसकेको छ । झिलिमिलीको पर्वसमेत भनिने तिहारमा गुलिया र चिल्ला परिकारहरु बढी खाने गरिन्छ । तिहारको विशेष परिकार हो सेलरोटी ।

तिहारको पाँचौं दिन भाई टिका गरेपछि दिदीबहिनीले आफ्ना दाजुभाईलाई सेल रोटीलगायत बिभिन्न भाईमसलाहरु खान दिने चलन छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सेलरोटी खान त धेरैलाई मन पर्ला, तर पकाउन भने कमैलाई आउँछ । आज हामी तपाईंलाई सेलरोटी बनाउने सजिलो तरिका सिकाउँछौं :

सेलरोटी बनाउन चाहिने भाँडाहरु

–गाहिरो, तर सम्म पिँध भएको कराई या ताई । ताकी सेल पकाउँदा राम्रोसँग तैरिन पाओस् ।

–बाँसका दुई कप्टेरा (सिन्का) एक फिट लामो ।

–पानीको बोतल आधा काटेर मुखतिरको भाग (सेल रोटी पकाउँदा तयारी पिठो कराईमा खन्याउनका लागि ।

–सेल राख्ने नांग्लो या कुनै सामान ।

सेलरोटी बनाउन चाहिने सामाग्री

–चामल खाने व्यक्तिअनुसार । अहिलेलाई साढे दुई किलोको सरदम तयार गरौं । त्यसो त पिठो सीधै बजारमा किन्न पनि पाइन्छ । तर, घरमै चामल भिजाएर बनाएजस्तो राम्रो नहुन सक्छ ।

–पानी या दुध ५०० मिलिलिटर ।

–घ्यु दुई कप

–चिनी दुई कप

–खाना पकाउने तेल एक लिटर

–मैदा एक कप

–खाने सोडासेल (रोटी फुलाउनका लागि हो, नभए पनि फरक चाहिँ पदैन) आधा चम्चा

–अंलैची, ल्वाङ्ग, काजु थोरै ।

सेलरोटी बनाउने बिधि

–चामललाई राम्ररी पखालेर रातभर भिजाउने ।

–भोलिपल्ट चामलबाट पानी हटाउने र त्यसमा एक पटकमा आधा कप चामल, दुई चम्चा चिनी र एक चम्चा घिउ हालेर सिलाउटो वा ग्रान्डरमा पिन्ने ।

–पिनेको पेस्ट राम्रो र लेसिलो हुनुपर्छ । यसरी नै सबै चामल पिन्ने ।

–पिनेको चामलको पेस्टमा आधा कप मैदा हालेर थोरै–थोरै पानी राख्दै मोल्ने ।

–यो पेस्टलाई एक–दुई घन्टा यसै छाडिदिने । यसो गर्दा राम्रोसँग घोलिन्छ ।

–अब आगोमा कराई तताउने । कराई तातेपछि एक–दुई इन्च माथिसम्म आउनेगरी तेल राख्ने ।

–अब तातेको तेलमा काटेको बोलतको सहायताले गोलो हुने गरेर मुछेको तयारी पिठो हाल्ने ।

–सुरुमा सेल गोलो नहुन पनि सक्ने भएकाले कप्टेराको साहेताले त्यसलाई मिलाउनुहोस् ।

–धेरै बाक्लो पेस्टमा पनि राम्रो सेल बन्दैन । पेस्ट पातलो छ भने मैदा वा चामलको पिठो थोरै थपेर फेरि राम्ररी मोल्दा ठिक्क हुन्छ ।

–सेललाई राम्रोसँग पाक्ने गरेर दुबैपट्टि फर्काएरसुनौलो खैरो नहुन्जेल पकाउनुहोस् । अब सेलरोटी तयार भयो ।