नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बर्षभरीकै सबैभन्दा धेरै बिद्युत खपत हुने लक्ष्मीपूजाको दिन उपत्यकाकामा लाईट नजाने बनाउन बिभिन्न योजना अघि सारेका छन ।
लक्ष्मीपुजाको दिन विद्युतको उच्च माग करिब १ हजार ५ सय ५० मेगावाट पुग्ने अनुमानका आधारमा उपत्यका लगायत देशभर साँझको समय झिलिमिली बनाउने यस्ता योजना अघि सारेका हुन ।
उपत्यकामा विद्युत कटौती नगर्ने र देशभर नै यसलाई कायम राख्ने वा कम कटौती गर्नेगरि घिसिङले बनाएको योजना कार्यन्वयन गर्न गरि भार प्रेषण केन्द्रले समेत तयारी गरिरहेको प्रमुख विष्णुप्रसाद श्रेष्ठले बताएका छन ।

केन्द्रका अनुसार बिहीबार उच्च माग १ हजार ५ सय ५० मेगावाट हुने भए पनि आपूर्ति भने करिब १ हजार २ सय १५ मेगावाट हुनेछ । साँझको समयमा औद्योगिक क्षेत्रको माग कटौती गर्दा करिब ३ सय मेगावाट बचत हुन्छ ।

उद्योगको विद्युत कटौती गर्दा आपूर्ति गर्नुपर्ने विद्युत १ हजार २ सय ५० मेगावाट हुन्छ । यसमध्ये करिब ३५ मेगावाट लोडसेडिङ हुन सक्ने सम्भावाना समेत रहेको श्रेष्ठले बताए ।

गत वर्ष लक्ष्मीपूजाको दिन माग करिब १ हजार ४ सय ४४ मेगावाट थियो । यसपटक झन्डै सय मेगावाट बढ्ने देखिएको छ । अघिल्लो वर्ष अर्थात २०७२ को लक्ष्मीपूजाको दिन १ हजार ३ सय ५० मेगावाट थियो ।

भारतबाट ४ सय मेगावाट आयात

आन्तरिक उत्पादन थपिने वा बढ्ने माध्याम नभएपछि माग व्यवस्थापन गर्ने एउटै आधार भारतबाट आयात हो । प्राधिकरणले बिहीबार उच्च माग हुँदा भारतबाट करिब ४ सय मेगावाट विद्युत आयात गर्ने तयारी गरेको छ ।

यो समयमा स्वदेशी निजी क्षेत्रका आयोजनाबाट करिब ३ सय ५० मेगावाट आपूर्ति हुने अनुमान छ । बाँकी प्राधिकरणका आयोजनाबाट आपूर्ति हुने विद्युतबाटै व्यवस्थापन गर्ने तयारी छ ।

थर्मल र डिजेल प्लान्ट चलाउने

लक्ष्मीपूजाको समयमा विद्युतको आपूर्ति सहज बनाउन हेटौंडास्थित १४ मेगावाटको डिजेल प्लान्ट र दुहबीको ३९ मेगावाटको मल्टिफ्यूल सञ्चालन गर्ने प्राधिकरणको योजना छ । गत वर्ष लक्ष्मीपूजाका दिन पनि यी दुई प्लान्ट चलाइएको थियो ।

‘कति घन्टा चलाउने भन्ने यकिन छैन तर प्रणालीमा अभाव हुने विद्युत परिमाणको आधारमा सञ्चालन हुन्छ,’ उनले भने, ‘यसका लागि दुवै प्लान्ट तयारी अवस्थामा राखिएको छ ।’

होटलको आपूर्ति कटौती

प्राधिकरणले बिहीबार विद्युत माग र आपूर्ति व्यवस्थापन गर्न साँझ अर्थात उच्च मागको समयमा होटलहरूमा भएको आपूर्ति कटौती गर्ने तयारी गरेको छ । दिउँसो खासै माग नहुने तर साँझ हरेक नागरिकले घर तथा टोल उज्यालो बनाउने हुँदा खपत बढ्छ ।

उच्च माग व्यवस्थापन गर्न होटलतर्फको आपूर्ति कटौती हुन सक्ने केन्द्र प्रमुख श्रेष्ठले बताए । ‘साँझको समयमा होटललाई बढी विद्युत आवश्यक परे जेनेरेटर चलाउन आग्रह गरिएको छ,’ उनले भने ।

बढी विद्युत खपत गर्ने उपकरण नचलाउन आग्रह

सीमित विद्युत देशभर वितरण गर्नुपर्ने हुँदा प्राधिकरणले बढी विद्युत खपत गर्ने उपकरण नचलाउन सर्वसाधारणलाई आग्रह गरेको छ । यस्तो आग्रह गर्दै सूचनासमेत निकालिएको छ ।

बढी विद्युत तान्ने बल्ब, हिटर, राइस कुकर, इन्डक्सन हिटर, हिटर, पानी तान्ने मोटरजस्ता विद्युत उपकरण कम प्रयोग गर्न आग्रह गरिएको छ । साँझ ५ बजेदेखि राती १० बजेको समयबाहेक अन्य समयमा यस्ता उपकरण चलाउन पनि प्राधिकरणले आग्रह गरेको छ ।

उद्योगहरू बन्द

तिहारको बेला सर्वसाधारणलाई विद्युत दिनुपर्ने हुँदा प्राधिकरणले उच्च माग हुँदा उद्योगहरू बन्द गर्न पनि आग्रह गरेको छ । यसो त अहिले पनि औद्योगिक क्षेत्रमा विद्युत कटौती भइरहेको छ । औद्योगिक क्षेत्रमा करिब ३ सय मेगावाटको माग छ । यो सर्वसाधारणलाई वितरण गर्दा माग व्यवस्थापन गर्न सजिलो हुने प्राधिकरण अधिकारी बताउँछन् ।

‘नो लाइट’ तयारी अवस्थामा

तिहारको समयमा देशभर विद्युत कटौतीको समस्या नआओस् भन्दै प्राधिकरणले देशका सबै नो लाइट केन्द्रलाई तयारी अवस्थामा राखेको छ । त्यहीअनुसार कर्मचारी तथा इन्जिनियर खटाइएको प्राधिकरणले जानकारी दिएको छ ।

टि.भी अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah