सहबान अन्सारी

हिन्दुहरूको तेस्रो महान चाँड शुभ दिपावलीको अवसरमा सशस्त्र प्रहरी द्वारा सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतापपुर गाऊपालिका वडा नं‌ ६ (झुलनीपुर) मा सशस्त्र प्रहरी ब बोर्डर आउट पोष्ट गुठीपरसौनी र स्थानिय ब्यपारीहरुको संयुक्त आयोजनामा गुठी परसौनी छोटी भन्सार कार्यालय देखी मुख्य नाका दशगजा सम्म सरसफाई गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनीका प्रहरी निरीक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनु भयो । सरसफाई कार्यक्रममा करिब २९ जनाको संयुक्त सहभागिता रहेको थियो ।