प्रकाश योगी /मलेसिया भैरब कालीका म्युजिक ग्रुप को संयुक्त आयोजना मा मलेसिया मा आयोजना गरिएको दिपावली धमाका २०७४ नाम दिइएको कार्यक्रम मा आफ्नो प्रस्तुती दिन मलेसिया पुगेका चर्चित कलाकार मलेसिया एयर्पोर्ट मै अलपत्र परेका छन ।
चर्चित लोक गायिका जानकी तारमी मगर हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे ) चर्चित गायिका पुर्ण कला बिसी गायक जय देबकोटा मोडेल रीना थापा मलेसिया को अध्यागमन मा निकै सास्ती बेहोरेर खबर बाहिरियो को छ ।
उक्त कार्यक्रम अक्टोबर 15 तारिक तारिक मलक्का र १८ तारिक के एल मा आयोजना गरिएको थियो ।
आखिर किन भयो त यस्तो : मलेसिया मा आयोजना गरिने केही कार्यक्रम हरु रोजगारी को सिलसिला मा मलेसिया पुगेका श्रमिक हरु ले आयोजना गरिने भएका ले थुप्रै कुरा हरु पुर्याउन नसक्ना ले नेपाल बाट जाने कलाकार हरु ले सास्ती ब्यहर्नु पर्ने मलेसिया का एक अर्का कार्यक्रम आयोजक बताउदछ्न ।
उनी भन्छन कलाकार लाई मलेसिया आउनु भन्दा पहिला कार्यक्रम गर्ने आयोजक कस्तो प्रकार को हो भनेर बुझेर आउदा कुनै समस्या नहुने बताउछ्न । उक्त कार्यक्रम को आयोजक रमेश बिसी लगायत का ब्यक्ती हरु ले आयोजना गर्नु भए को थियो ।



