सहबान अन्सारी / नवलपरासीको बैदौलीमा दुई मोटरसाईकल अापसमा ठोकिदाँ दुई जना गम्भिर घाईते भएका छन! झुलनीपुर त्रिबेणी सडक खण्ड अन्तर्गत प्रतापपुर गाऊपालिका वडा नं. ५ बैदौलीमा आज साझ झुलनीपुर देखी बैदौली तर्फ जादै गरेको यु.पी.५३ डब्लु ५४२०नम्बरको मोटरसाईकलले बिपरित दिशा बाट आउदै गरेको यु.पी ५३ डब्लु १३४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ प्रतापपुर गाऊपालिका वडा नं.५ बस्ने मोटरसाईकल चालक ३५ बर्षिय छोटई यादव गम्भिर घाईते भएका छन।
भने अर्को मोटरसाईकल चालक सोही गाऊपालिका वडा नं.६ बस्ने २५ बर्षिय राजेश कुमार घाईते भएका छन । घाईतेलाई उपचारको लागी सहिद स्मृति समुदायीक अस्पताल चौपत्ता लगिएको सशस्त्र प्रहरी बोर्डर आऊट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनु भयो । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा।



