आज दीपावलीको रातभर झिलिमिलि बत्ती बाल्ने प्रचलन रहेको छ । उपत्यकाबासीको दीपावलीलाई सुखद बनाउन नेपाल विद्युत प्राधिकरण लागिपरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ हुन नदिन फिल्डमा खटिएका छन् ।
प्राधिकरणमा आएसँगै उपत्यकालाई लोडसेडिङमुक्त बनाएर वाहवाही कमाएका घिसिङले लोडसेडिङ हुन नदिन आफैं राजधानीका विभिन्न पुगेर लोड व्यवस्थापनमा कर्मचारीहरुलाई आवश्यक निर्देशन दिइरहेका हुन् ।

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको रात वर्षकै सबैभन्दा बढी बिजुलीको माग हुन्छ । सो कुरालाई मध्यनजर राख्दै प्राधिकरणले लोड व्यवस्थापन गर्दै कुनै पनि हालतमा लोडसेडिङ हुन नदिन लागिपरेको हो ।

दीपावलीमा गत वर्षभन्दा एक सय मेगावाट विद्युत बढी खपत हुने अनुमान प्राधिकरणको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार रातभरी झिलिमिलि पार्ने महत्वपूर्ण पर्व दीपावलीको रात गत वर्ष १ हजार ४ सय ४४ मेगावाट विद्युत खपत भएकोमा यो वर्ष माग १ हजार ५ सय ५० मेगावाट पुग्ने अनुमान गरिएको छ ।

यो वर्षको लक्ष्मीपूजाको दिन आन्तरिक रुपमा निजी तथा प्राधिकरणका सबै आयोजनालाई पूर्ण क्षमतामा चलाइएको बताइएको छ ।

दीपावलीको साँझ उपत्यकाको स्वयम्भूबाट देखिएको उपत्यकाको झिलिमिलि तस्बिरः रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah