मलेसियाको डिस्को र बारमा खुलेआम नाङ्गो नाच देखाउने र यौन धन्दामा लाग्ने नेपाली युवतीहरुको भीड नै देखिन थालको छ । हो, मासिक २ देखि ५ लाखसम्म कमाउने युवतीहरु छन् तर रोजगारीको आकर्षक गन्तव्य मलेसिया अर्को मुम्बई बन्दै गएको छ । दलालहरु मुहार राम्री भएका युवतीहरुलाई दिनदिनै ललाईफकाई मलेसिया पुर्याइरहेका छन् ।
रेमिट्यान्स आयो भन्दैमा राष्ट्रको बदनामी हुने काममा युवतीहरु गइरहेका छन् र विदेशमा यस्ता यौनधन्दा गर्ने काममा कसले लान्छ, कति नेपाली छन्, तिनको निगरानी र तिनको अभिभावकत्व लिन सरकार तात्नुपर्छ कि पर्दैन ? सरकार भनेको छ भनेर देखाउने तस्वीरमात्र हो ? यस्तो सरकार लोकतान्त्रिक सरकार हुनसक्छ ?
कतिपय युवतीहरुको बेहाल पनि भएको छ । कति जेलमा पनि परेका छन् र कतिपयको शारीरिक र मानसिक शोषण पनि भएको छ । कतिले एउटा कम्पनी भनेर अर्कैमा रोजगारीमा फसाइएकाहरु पनि छन् । कतिले श्रम शोषण भएको गुनासो पनि पठाएका छन् ।
विदेशमा पैसा टपाटप टिप्न पाइन्छ भनेर जानेहरुको कथा छुट्टै छ । खासगरी मलेसिया अर्को मुम्बईको कोठी बनेको छ र नेपाली युवतीहरु राजीखुशीले र जबरजस्ती नारकीय जीवन बिताउन बाध्य भएका अनेकन कथा, गाथाहरु रहेका छन् ।
नेपाल सरकार, मलेसियाको डान्स बार, रेष्टुरेन्ट, होटल र कोठीहरुतिर नेपालको बदनाम भइरहेको पनि हेर्ने कि ? नेपाली युवतीहरु यौनधन्दा गर्न किन बाध्य भइरहेका छन्, त्यसतिर पनि सोच्ने कि ?
कतिपय युवतीहरु भने राम्रो कमाई भइरहेकोमा खुशी पनि देखिन्छन् । जतिसुकै खुशी भए पनि यौनधन्दा युवतीको सौखको विषय होला र ?
मलेसियाको डान्सबारबाट नेपाली युवती पक्राउ
मलेसियाको क्वालालम्पुरस्थित एक डान्स बारमा याैनजन्य कृयाकलाप गरेको आरोपमा तीन नेपाली युवती सहित १३ जना पक्राउ परेका थिए । यो घटना केहि हप्ता अगाडिको हो ।
उनीहरूलार्इ यहाँस्थित अध्यागमनले मंगलबार बारमा छापा मारी पक्राउ गरेको हो । नेपाली युवतीसहित चार भारतीय र दुर्इ बंगलादेशी युवती पनि पक्राउ परेका छन् ।
बारमा याैनजन्य कृयाकलाप गरेको अारोपमा पक्राउ पर्ने अन्यमा पाकिस्तानी र बंगलादेशी युवा रहेको यहाँको अध्यागमनले जनाएको छ । बारबाट एकजना मलेसियन युवा पनि पकाउ परेका छन् ।
नेपालबाट डान्स बारमा नाच्न नेपाली युवती ल्याइने चर्चा सुनिए पनि मलेसियन बारबाट नेपाली युवती पक्राउ परेको यो पहिलो घटना हो ।
पक्राउ परेकाहरूलाई केएलआइए अध्यागमनको हिरासत मा राखेर अनुसन्धान थालिएको छ । पक्राउ परेका नेपाली युवतीहरूको थप विवरण भने खुलइएको छैन । श्रोत: न्युज अभियान बाट सभार









