नयाँ शक्ति पार्टी नेपालका शीर्ष नेताहरुलाई प्रत्यक्ष निर्वाचनमा होम्ने भएको छ ।
शुक्रबार काठमाडौंमा उपलब्ध नेताहरुको बैठकले यस्तो छलफल गरेको हो । ‘हामीले पार्टीका शीर्ष नेताहरुलाई प्रत्यक्षमा चुनाव लडाउँदैछौं,’ एक नेताले भने, ‘समानुपातिकमा शीर्ष नेताहरुलाई स्थान हुने छैन ।’
पार्टी स्थापनाको चरणमा सबै शीर्ष नेतृत्वले प्रत्यक्ष निर्वाचनमा होमिएर पार्टी निर्माणमा योगदान दिनुपर्ने पक्षमा शीर्ष नेताहरु नै रहेको ती नेताले बताए ।
आसन्न संघ र प्रदेशको निर्वाचनमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले गोर्खा २ बाट प्रत्यक्षमा चुनाव लड्दैछन् । पहिलो चरणको निर्वाचनमा रसुवामा पनि नयाँ शक्तिले प्रत्यक्षमा चुनाव लड्ने छ ।
गोरखा र रसुवामा कांग्रेसँग तालमेल गर्ने सहमति भएको नयाँ शक्तिले जनाएको छ । नयाँ शक्तिले राप्रपाबाहेकका शक्तिसँग चुनावमा तालेमलको ढोका खुला राखेको जनाएको छ ।










