https://www.youtube.com/watch?v=CmBmxblaopk&feature=youtu.be
दमक/झापाको दमकस्थित आम्दा अस्पतालमा ठूलो कसरतपछि आइसियू सेवा शुरु हुने भएको छ । अस्पतालका मेसु डा. नबिन ढकालका अनुसार नयाँ भवन सहितको ६ बेडको आइसियू कक्षको निर्माण सम्पन्न भइसकेको छ ।
आम्दा असपतालले पछिल्लो समयमा बिभिन्न सेवाहरु शुरु गर्दै आएको अवस्थामा आइसियू सेवा पनि शुरु गर्न लागेको हो । आम्दा अस्पताललाइ पूर्वको ग्रैह नाफामूखि अस्पतालको रुपमा हेरिने गरेको छ ।
मेसु ढकालका अनुसार आउदो ५ गते आइतवार ३ बजेपछि अस्पतालको आइसियू कक्ष शुरु हुनेछ । आइसियू कक्षको सम्पूर्ण ब्यवस्थापन गर्ने काम सम्पन्न भइसकेको अस्पतालले जानकारी दिएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका साविक झापा क्षेत्र नं. ७ का निवर्तमान साँसद तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइसियू भवन सहितको कक्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
https://www.youtube.com/watch?v=CmBmxblaopk&feature=youtu.be



