काठमाडौं / नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले आफ्नो पार्टीले जितेपनि वा हारेपनि कुनै अर्थ नहुने भन्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न भए मुलुकले जित्ने बताएकी छिन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले कोईराला निवास मण्डिखाटारमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भनिन्,‘एमाले–माओवादी केन्द्रको वाम गठबन्धनसँग हामी डराउँदैनौं, हाम्रो पार्टीले जितेपनि/हारेपनि मुलुकलाई जिताउनुपर्छ, गिरिजाबाबु आज हुनुहुन्न उहाँले पनि ०६४ सालमा आफ्नो पार्टीको कुनै प्रवाह नगरी चुनाव गराउनुभएको थियो, अहिले पनि चुनाव समयमै हुनुपर्छ, हुन्छ।

उनले चुनाव भएपछि मुलुकमा लोकतन्त्र, दिगो विकास र आर्थिक समृद्धि हाँसिल हुने विश्वास दिलाईन् । उनले निर्वाचन सफल रुपमा सम्पन्न गराउनको लागि सबैले आ–आफ्नो स्थान्बाट सहयोग पुर्याउनुपर्ने बताईन ।