नेकपा एमाले मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तर्गतका अधिकाश स्थानको उम्मेद्धारको टुंगो लगाएको छ ।
शुक्रबार अवेरसम्म बसेको स्थायी समितिको बैठकले प्रतिनिधि सभा तर्फका १९ सिटका उम्मेद्धार चयन गरेको हो । माओवादी केन्द्रसग बाँडफाँट गर्दा आफ्नो भागमा परेको २१ मध्ये १९ सिटमा चयन गरेको हो । बैठकले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेलका साथ अगाडि बढ्ने निर्णय गरेको छ । यस्तै प्रदेश सभाका उम्मेद्धारपनि चयन गरेको छ ।
दार्चुला– प्रतिनिधिसभा– गणेशसिंह ठगुन्ना
प्रदेशसभा – वीरबहादुर ठगुन्ना
बाजुरा– प्रतिनिधिसभा – लालबहादुर थापा
प्रदेशसभा १– बलदेव रेग्मी
प्रदेशसभा २– प्रकाश शाह
बैतडी– प्रतिनिधिसभा– दामोदर भण्डारी
प्रदेशसभा २– लीलाधर भट्ट
बझाङ– प्रतिनिधिसभा– भैरवबहादुर सिंह
प्रदेशसभा– अर्जुन थापा
डोल्पा– प्रतिनिधिसभा – धनबहादुर बुढा
प्रदेशसभा १– नन्दसिंह बुढा
मुगु– प्रतिनिधिसभा– गोपाल बम
प्रदेशसभा १– दानसिंह परियार
प्रदेशसभा २ – चन्द्रबहादुर शाही
जुम्ला– प्रदेशसभा २– पदमबहादुर रोकाया
कालीकोट–प्रदेशसभा १– कुर्मराज शाही
जाजरकोेट प्रदेशसभा १– नीरज आचार्य
प्रदेशसभा २– करवीर शाही
मुस्ताङ– प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचन वा महेन्द्र थकाली
प्रदेशसभा १ –इन्द्रधारा विष्ट
प्रदेशसभा २– प्रेमप्रसाद तुलाचन वा महेन्द्रबहादुर थकाली
मनाङ– प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ
प्रदेशसभा २– खण्डा लामा गुरुङ
प्रदेशसभा १– दोर्जे डण्डल गुरुङ
म्याग्दी– प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा
प्रदेशसभा २– नरदेवी पुन
लमजुङ– प्रदेशसभा १ –धनञ्जय दवाडी
प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ
गोरखा– प्रदेशसभा १ को २– रामशरण बस्नेत
रसुवा– प्रतिनिधिसभा – जनार्दन ढकाल
प्रदेशसभा १– कन्र्याल तामाङ
नुवाकोट– प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा
प्रदेशसभा –१ केशव पाण्डे
प्रदेशसभा २– बद्री मैनाली
धादिङ– प्रतिनिधिसभा १– भूमि त्रिपाठी
प्रदेशसभा १– राजेन्द्रप्रसाद पाण्डे
प्रतिनिधिसभा २– खेम लोहनी
प्रदेशसभा १– डा रामकुमार अधिकारी
पाँचथर– प्रतिनिधिसभा– वसन्तकुमार नेम्बाङ
प्रदेशसभा १– गणेशकुमार काम्बाङ
ताप्लेजुङ– प्रतिनिधिसभा– योगेशकुमार भट्टराई
प्रदेश १ – बलबहादुर साम्सोहाङ
संखुवासभा– प्रतिनिधिसभा– राजेन्द्र गौतम
प्रदेशसभा २–तुलसी न्यौपाने
भोजपुर– प्रदेशसभा १– राजेन्द्रकुमार राई
प्रदेशसभा २– शेरधन राई
ओखलढुङ्गा– प्रतिनिधिसभा – यज्ञराज सुनुवार
प्रदेशसभा १– अमिरबहादुर गुरुङ
सोलुखुम्बु– प्रदेश १ –मानवीर राई
प्रदेशसभा २– बुद्धिकुमार राजभण्डारी
खोटाङ– प्रतिनिधिसभा– विशाल भट्टराई
प्रदेशसभा १– राजन राई
रामेछाप– प्रदेशसभा १– शान्तिप्रसाद पौडेल
प्रदेशसभा २ – कैलाश ढुङ्गेल
बैठकले नेकपा एमाले र नेकपा माओवादी–केन्द्र को संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन समेत गरेको छ । बाग्लुङ जिल्लामा राष्ट्रिय जनमोर्चासँगको परामर्शमा तथा सिन्धुपाल्चोक जिल्लाका हकमा नेकपा (माओवादी–केन्द्र) सँग थप परामर्श गरेपछि उम्मेदवार घोषणा गरिने बताइएको छ ।



