काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत पहिलो चरणमा निर्वाचन हुने जिल्लामा आइतबार उमेदवारी दर्ता गर्नु पर्ने भए पनि दलहरूले अहिलेसम्म टिकट बाँडफाँट टुंग्याउन सकेका छैनन ।

पहिलो चरणमा ३७ निर्वाचन क्षेत्रमा चुनाव हुने भएता पनि सत्तारूढ दल नेपाली कांग्रेसले आधा दर्जन जिल्लामा मात्रै उमेदवारी टुंग्याउन सकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालीहरूको महान पर्व तिहारको बीचमा पनि दलका नेताहरू अबेर रातिसम्म उमेदवारी बाँडफाँटमा व्यस्त देखिएका छन् ।

कांग्रेसले हालसम्म टुंग्याएका निर्वाचन क्षेत्र दोलखा– रुद्रबहादुर खड्का प्रदेश क– वर्मा लामा ख बाट– केशव चौलागाईं

ओखलढुंगा– रामहरि खतिवडा क–लिलाबल्लभ दाहाल ख– प्रदीपकुमार सुनुवार 

बाग्लुङ १– चम्पादेवी खड्का 

प्रदेश क– दीपेन्द्र थापा प्रदेश ख– प्रकाश पौडेल बाग्लुङ– २ निरज पुन प्रदेश–क मञ्जेशबम मल्ल प्रदेश ख– जीत शेरचन बझाङ– पृथ्वीबहादुर सिंह 

प्रदेश क– चन्द्रा जोशी प्रदेश ख– नरेशबहादुर सिंह बाजुरा– कवीराज पण्डित 

प्रदेश क– पदमबहादुर शाही प्रदेश ख– जनक गिरी