४ असोज, काठमाडौं : नेपाली कांग्रेसले प्रथम चरणमा निर्वाचन हुने ३२ जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ । उसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई सघाउने छ भने गोरखा क्षेत्र नम्बर २ नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई सघाउने छ ।

एमाले र माओवादीले ३२ जिल्लाका सबै सीटहरुमा तालमेल गरेको अवस्थामा कांग्रेसले उनीहरुसँग लगभग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । तथापि सिन्धुपाल्चोक २ मा पशुपति समशेरलाई सघाएका कारण सिन्धुपाल्चोक १ मा राप्रपाले कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई भोट हाल्नेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी गोरखाको क्षेत्र नं १ मा पनि नयाँशक्ति पार्टीले कांग्रेसका चीनकाजी श्रेष्ठलाई सघाउने छ । यी बाहेक अन्यत्र भने कांग्रेस एक्लै चुनाव लड्दैछ ।

सत्तारुढ दल नेपाली कांग्रेससँग नयाँ शक्ति पार्टीले रसुवामा पनि एक सीट माग गरेको थियो । तर, त्यहाँ शनिबार अबेरसम्म कांग्रेसले आफ्नो दाबी छाडेको छैन ।

३२ जिल्लामा नेपाली कांग्रेस एवं प्रजातान्त्रिक गठबन्धनका उम्मेवारहरुको विवरण यस्तो छः

ताप्लेजुङ- केशव दाहाल

पाँचथर- भीष्मराज आङदेम्बे

संखुवासभा-दीपक खड्का

भोजपुर- उमेशजंग रायमाझी

खोटाङ- सरस्वती बजिमय

सोलुखुम्बु- बलबहादुर केसी

ओखलढुंगा- रामहरि खतिवडा

सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा -राप्रपा प्रजातान्त्रिक)

दोलखा-रुद्र खड्का

रामेछाप- कान्छाराम तामाङ

नुवाकोट १ – डा. रामशरण महत

नुवाकोट २- अर्जुननरसिंह केसी

रसुवा- बाँकी

धादिङ १ – विश्व अर्याल

धादिङ २- दिलमान पाखि्रन

लमजुङ- दिलबहादुर घर्ती

मनाङ- टेकबहादुर गुरुङ

मुस्ताङ-

म्याग्दी- खम्वीर गर्बुजा

गोरखा १ – चीनकाजी श्रेष्ठ

गोरखा २- बाबुराम भट्टराई -नयाँशक्ति)

बाग्लुङ १ – चम्पादेवी खड्का

बाग्लुङ २- निरज पुन

रुकुम पूर्व- गोपालजीजङ्ग शाह

रोल्पा- अमरसिंह पुन

जाजरकोट- राजीवविक्रम शाह

कालीकोट भूपेन्द्रजंग शाही

हुम्ला- मंगल शाही

जुम्ला- देवेन्द्र शाही

मुगु- हस्तबहादुर मल्ल

डोल्पा- अंगद बूढा

रुकुम पश्चिम- वीरबहादुर ओली

बझाङ- पृथ्वीबहादुर सिंह

बाजुरा- कबिराज पण्डित

बैतडी- नरबहादुर चन्द

दार्चुला- विक्रम सिंह