नेपाली काँग्रेसले प्रथम चरण मंसिर १० मा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

३२ जिल्लामध्ये २ जिल्लाका ३ प्रतिनिधि सभा क्षेत्रमा भने काँग्रेसले राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिलाई समर्थन गर्नेछ। काँग्रेसले प्रदेश सभाका २ निर्वाचन क्षेत्रमा राप्रपालाई समर्थन गर्नेछ। राप्रपालाई वैतडी र म्याग्दीमा काँग्रेसले समर्थन जनाउने छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेशको १ निर्वाचन क्षेत्रमा नयाँ शक्तिलाई समर्थन गर्नेछ। प्रदेशको एक निर्वाचन क्षेत्रमा संघीय समाजवादीसँग काँग्रेसको तालमेल छ। डोल्पामा राप्रपासँग तालमेल हुन सक्ने सम्भावना बताइए पनि काँग्रेसले नै अन्तिममा उमेद्वारी दिने भएको छ। मुस्ताङमा तालमेल हुनसक्ने बताइएपनि म्याग्दीमा तालमेल भएका कारण त्यहाँ हुन सक्ने सम्भावना कम रहेको बताइको छ।

काँग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर राणालाई सघाउने भएको छ। गोरखा क्षेत्र नम्बर २ मा भने काँग्रेसले नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईलाई सघाउने भएको छ । सिन्धुपाल्चोक १ मा राप्रपा प्रजातान्त्रिकले काँग्रेस नेता मोहनबहादुर बस्नेतलाई मत दिनेछन् ।

गोरखाको क्षेत्र नं १ मा पनि नयाँशक्ति पार्टीले काँग्रेसका उमेद्वार चीनकाजी श्रेष्ठलाई सघाउने छ ।  गोरखामा प्रदेशको एक क्षेत्र नयाँ शक्तिलाई दिन काँग्रेस सहमत भएको छ। पहिलो चरणमै चुनाव हुने अन्य कतिपय जिल्लाका प्रदेश सभामा काँग्रेसले राप्रपा, संघीय फोरम लगायतका दलसँग पनि तालमेल गरेको छ। काँग्रेसले प्रदेश सभामा भोजपुरमा संघीय फोरमसँग तालमेल गरेको छ।

नुवाकोटको प्रतिनिधि सभाका उमेद्वारको टुङगो लागेपनि प्रदेश सभाको विहान मात्र टुङगो लाग्ने बताइएको छ। रसुवामा नयाँ शक्तिसँग तालमेलको सम्भावना बताइए अनुसार काँग्रेसले प्रतिनिधि सभामा नयाँ शक्तिलाई समर्थन गर्दै प्रदेश सभामा काँग्रेसले बफ्नो उमेद्वारी दिएको छ।

३२ जिल्लामा नेपाली काँग्रेस र उसले तालमेल गरेका दलहरुले उठाएका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेवारहरुको विवरण यस्तो छः

ताप्लेजुङ- केशव दाहाल ताप्लेजुङ क-लीलादेवी बोखिम ताप्लेजुङ ख-दीपेन्द्रकुमार सेन्दाङ पाँचथर- भीष्मराज आङदेम्बे पाँचथर क- नरेन्द्रकुमार केरुङ पाँचथर ख-सुरेन्द्रकुमार दहाल संखुवासभा-दीपक खड्का संखुवासभा क- संखुवासभा ख- भोजपुर- उमेशजंग रायमाझी भोजपुर क-अजम्वर काम्वाङ- संघीय समाजवादी फोरम भोजपुर ख -गोविन्द कार्की खोटाङ- सरस्वती बजिमय खोटाङ क- सुवासकुमार पोख्रेल खोटाङ ख-विष्णुकुमार  राई सोलुखुम्बु- बलबहादुर केसी सोलुखुम्बु क- प्रकाश कार्की सोलुखुम्बु ख-आङ्गेलु शेर्पा ओखलढुंगा- रामहरि खतिवडा ओखलढुंगा क-मित्रसेन दाहाल ओखलढुंगा ख-प्रदिप कुमार सुनुवार सिन्धुपाल्चोक १ –मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ क-विष्णु खत्री सिन्धुपाल्चोक १ ख- राजेन्द्र श्रेष्ठ सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा -राप्रपा प्रजातान्त्रिक सिन्धुपाल्चोक २ क- सिन्धुपाल्चोक २ ख- दोलखा-रुद्र खड्का दोलखा क- वर्मा लामा दोलखा ख- केशव चौलागाई रामेछाप- कान्छाराम तामाङ रामेछाप क- रत्न कार्की रामेछाप ख- जीतवहादुर मगर रसुवा- नयाँ शक्ति रसुवा क- नेपाली काँग्रेस रसुवा ख- नेपाली काँग्रेस नुवाकोट १–डा. रामशरण महत नुवाकोट १ क- नुवाकोट १ ख- नुवाकोट २-अर्जुननरसिंह केसी नुवाकोट २ क- नुवाकोट २ ख- धादिङ १–विश्व अर्याल धादिङ १ क- मधु कुमार श्रेष्ठ धादिङ १ ख- प्रभात किरण श्रेष्ठ धादिङ २-दिलमान पाख्रिन धादिङ २ क- सोनाम तामाङ राप्रपा धादिङ २ ख- रमेश धमला लमजुङ- दिलबहादुर घर्ती लमजुङ क-गर्जबहादुर गुरुङ लमजुङ ख-कृष्णप्रसाद कोइराला मनाङ- टेकबहादुर गुरुङ मनाङ क-चिन्ताबहादुर घले मनाङ ख-कर्मा गुरुङ म्याग्दी- खम्वीर गर्बुजा म्याग्दी क- भिम प्रसाद गौचन-राप्रपा म्याग्दी ख- अमलाल फगामी मुस्ताङ-रोमी गौचन थकाली मुस्ताङ क- मिक्युर गुरुङ मुस्ताङ ख- छिरिङ धावा गुरुङ गोरखा १–चीनकाजी श्रेष्ठ गोरखा १  क- धिरन थापा गोरखा १  ख- राजेन्द्र वजगाई गोरखा २- बाबुराम भट्टराई -नयाँशक्ति पार्टी गोरखा २ क- -नयाँशक्ति पार्टी गोरखा २ ख- प्रकाश दवाडी बाग्लुङ १–चम्पादेवी खड्का बाग्लुङ १ क-दिपेन्द्र थापा बाग्लुङ १ ख- प्रकाश पौडेल बाग्लुङ २- निरज पुन बाग्लुङ २ क- बम मल्ल बाग्लुङ २ ख-जीत शेरचन रुकुम पूर्व- हरिशंकर घर्ती रुकुम पूर्व क-ध्रुव पुन रुकुम पूर्व ख- दत्त बहादुर बस्नेत रुकुम पश्चिम- गोपालजीजङ्ग शाह रुकुम पश्चिम क-वीरबहादुर ओली रुकुम पश्चिम ख- खडग डाँगी रोल्पा-अमरसिंह पुन रोल्पा क- रोल्पा ख- जाजरकोट- राजीवविक्रम शाह जाजरकोट क-देवराज सिंह जाजरकोट ख- दिपकजंग शाह कालीकोट-भूपेन्द्रजंग शाही कालीकोट क-टेकराज शाही कालीकोट ख-काली बहादुर सहकारी हुम्ला- मंगल शाही हुम्ला क- ठान बहादुर रोकाया हुम्ला ख-जीवन बहादुर शाही जुम्ला- देवेन्द्र शाही जुम्ला क- राजु कठायत जुम्ला ख- भिमनिधी हमाल मुगु- हस्तबहादुर मल्ल मुगु क- तिलक बहादुर मल्ल मुगु ख- खड्ग बहादुर शाही डोल्पा- अंगद कुमार बूढा डोल्पा क- वेगम सिंह ठकुरी डोल्पा ख- सुरेश बहादुर शाही-काँग्रेस/ कर्ण बहादुर बुढा(राप्रपा) मध्य एक बझाङ-पृथ्वीबहादुर सिंह बझाङ क- चन्द्रा जोशी बझाङ ख- नरेश बहादुर सिंह बाजुरा- कबिराज पण्डित बाजुरा क-जनकराज गिरी बाजुरा ख- पदम बहादुर शाही बैतडी- नरबहादुर चन्द बैतडी क-हरिमोहन भण्डारी बैतडी ख-गणेश चन्द -राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुला- विक्रम सिंह धामी दार्चुला क-मदन गिरी दार्चुला ख-जगदिश पाल