काठमाडौं । अन्ततः गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति केन्द्रका संयोजक बाबुराम भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ ।

वाम गठबन्धनमा १५ सिटको दावी गरेपछि बाहिरिएका बाबुराम कांग्रेसको सहयोगमा गोरखा २ बाट नारायणकाजीसँग भिड्न लागेका हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गएको स्थानीय चुनाबमा कमजोर उपस्थिति रहेको नयाँशक्ति पार्टीका संयोजक बाबुरामले गोरखाबाट चुुनाब जित्ने अवस्था नभएपछि सहयोगका लागि विना कुनै पूर्व तयारी अन्तिम अवस्थामा वाम गठबन्धनमा सहभागी भएका थिए ।

तर आधार र औचित्य विना प्रतिनिधिसभाका लागि १५ र प्रदेशसभाका लागि वाम गठबन्धमा ३० सिटको दावी गरेपछि माओवादी र एमालेले उनको माग पुरा गर्न नसक्ने बताए । त्यसपछि बाबुराम कांग्रेस सभापति शेरबहादुर देउवासंग पुगें ।

लामो विवादपछि अन्ततः कांग्रेसले बाबुरामलाई साझा उम्मेदवार बनाउने निणर्य गरेको छ । तर बाबुरामलाई माओवादीका वरिष्ठ नेता नारायणकाजीसँग प्रतिस्पर्धा गर्न फलामको चुरा भन्दा बढी हुने जानकारहरु बताउँछन ।

स्थानीय चुनाबको मतपरिणमलाई आधार मान्ने हो भने कांग्रेस र नयाँशक्ति मिलेर पनि माओवादी एमाले गठबन्धन भन्दा धेरैपछि रहेको छ । कांग्रेसले स्थानीय चुनाबमा धेरै स्थानीय तहमा विजयी भएपनि सबै स्थानमा माओवादी केन्द्र दोस्रो भएको थियो ।

गोरखामा एमाले माओवादीका साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र हरि अधिकारीले प्रतिस्पर्धा गर्ने करि निश्चित छ । वाम गठबन्धनपछि कार्याकर्तामा उत्साहा बढेको छ । भने न्यूट्रल भोटर पनि वाम गठबन्धनबाट आकस्मिक रुपमा बाहिरीएका बाबुुरामप्रति आक्रोशित भएका छन ।

पछिल्लो समयमा विकासित राजनीतिक माहोलका कारण गोरखा जिल्ला आगामी चुनाबमा थप चर्चाको केन्द्र बन्ने निश्चित छ ।