काठमाडौं, ५ कात्तिक । काठमाडौंको लैनचौरस्थित म्हेपीमा एकाबिहानै अपरिचित समूहले कल्याण गुरुङमाथि गोली चलेको छ ।

आइतबार बिहान करिव चार बजे रानीबारी बस्ने २८ वर्षीय गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहान स्कुटीमा हिँडिरहेका गुरुङलाई कारमा आएको अपरिचित समूहले गोली हानेको थियो । दैनिक नेपाल मा खबर रहेको छ।

गुरुङको घुँडा मुनि गोली लागेको छ । गुरुङ खतरामुक्त रहेको प्रहीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जानकारी दिए । उनले भने, ‘घटनाको प्रकृति हेर्दा ग्याङ वार जस्तो देखिएको छ । हामीले थप अनुसन्धान गरिरहेका छौं ।’

यसअघि पनि काठमाडौंको नयाँ बानेश्वर खरिबोट नजिकै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरतकुमार गौचनमाथि गोली प्रहार भइसकेको छ । गोली लागेर अध्यक्ष गौचनको मृत्यु भएको थियो ।