प्रतिनिधिसभा र प्रदेश सभा सदस्य अन्तर्गत पहिलो चरणमा हुने निर्वाचनका लागी आज ३२ जिल्लामा प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता शुरु भएको छ । आगामी मंसिर १० गतेका लागि तय निर्वाचनमा प्रतिनिधिसभा तर्फ ३७ र प्रदेश सभा तर्फ ७४ सिटका लागि दलहरुले उम्मेद्धारी दर्ता गर्नेछन् ।

मनोनयन दर्ताका आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाउदै निर्वाचन आयोगले उम्मेदवारले प्रस्तावक र समर्थकसहित बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित जिल्लाको मूख्य निर्वाचन अधिकृतको कार्यालमा मनोनयन दर्ता गराउनु पर्नेछ । निर्वाचन आयोगले आजै सांझ ५ देखि ६ बजेभित्र उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्नेछ । भोली उम्मेदवारको बिरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजूरी माथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने छ । यस्तै ८ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

मतदान भने आगामी मंसिर १० गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ । कांग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गर्दै संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयांशक्तिसँग चुनावी तालमेल गरेको छ भने एमाले र माओवादी केन्द्रले अन्य बाम दलसंग तालमेल गर्दै उम्मेदवारी दिने भएका छन् । सवै दलले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको टुंगो लगाईसकेका छन् । पहिलो चरणमा प्रदेश नम्बर १ का पाँचथर, ताप्लेजुङ, ओखलढुंगा, भोजपुर, संखुवपासभा र सोलुखुम्बु, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा तथा प्रदेश ५ को रुकुम पूर्वी भागमा निर्वाचन हुनेछ । यस्तै ६ नम्बरका रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन हुनेछ । बाँकी रहेका ४५ जिल्लामा मंसिर २१ गते तोकिएको निर्वाचनका लागि आगामी कार्तिक १६ गते मनोनयन दर्ता हुनेछ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता छन् ।

यी हुन् उम्मेदवारी दर्ता गर्दा चाहिने कागजपत्र

उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ । प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने छ । प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाले प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् । त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । यसैगरी दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah