काठमाडौं, – नेकपा एमालेले आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गरेको छ । माओवादी केन्द्रसँग शनिबार चुनाव क्षेत्र बाँडफाँड गरेपछि आफ्नो भागमा परेका क्षेत्रमा एमालेको स्थायी कमिटिको बैठकले हेरफेर पनि हुन सक्नेगरी उम्मेदवार तय गरेको हो ।

प्रतिनिधिसभामा ताप्लेजुङबाट योगेश भट्टराई, पाँचथरबाट वसन्तकुमार नेम्बाङ, संखुवासभाबाट राजेन्द्र गौतम, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, खोटाङबाट विशाल भट्टराई, दार्चुलामा गणेशसिंह ठगुन्ना, बाजुरामा लालबहादुर थापा बैतडीमा दामोदर भण्डारी, बझाङमा भैरवबहादुर सिंह, डोल्पामा धनबहादुर बुढा, मुगुमा गोपाल बम, उम्मेद्वार बन्नेछन् ।

यस्तै मुस्ताङमा प्रेमप्रसाद तुलाचन वा महेन्द्रबहादुर थकालीमध्ये एकजना मनाङमा पोल्देन छोपाङ गुरुङ, म्याग्दीमा भूपेन्द्रबहादुर थापा, रसुवामा जनार्दन ढकाल, नुवाकोट २ मा नारायणप्रसाद खतिवडा, धादिङ १ मा भूमि त्रिपाठी र धादिङ २ मा खेम लोहनी प्रतिनिधिसभा चुनावमा एमालेका तर्फबाट उम्मेद्वार बन्ने एमालेले जनाएको छ ।

नेताहरु शेरधन राई, नेताहरु राजेन्द्र पाण्डे पृथ्वी सुब्बा गुरुङ्गलगायत प्रदेशसभामा उम्मेदवार बनेका छन् । यी नाम हेरफेर गर्न सकिने पनि एमालेको स्थायी कमिटि बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय पनि गरेको छ । यी नाम हेरफेर गर्न सकिने पनि एमालेको स्थायी कमिटि बैठकले निर्णय गरेको छ ।

यस्तै माओवादी केन्द्रले पनि उम्मेदवार तय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । कहाँबाट को उम्मेदवार बन्ने भन्ने विस्तृत विवरण भने माओवादी केन्द्रले उपलब्ध गराएको छैन ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । पहिलो चरणको चुनावमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्ने छन् ।

पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनावका लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah