एमालेबाट टिकट नपाएपछि राजिव गुरुङ उर्फ दीपक मनाङ्गेले प्रदेशसभाका लागि मनाङ खबाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । यद्यपि उनी एमालेको झन्डासहित उमेदवारी दर्ता गराउन पुगेका थिए ।

यसअघि एमाले मनाङ क बाट प्रदेशसभ सदस्यका लागि सर्वसम्मत सिफारिस भए पनि केन्द्रले अन्तिममा नाम काटेको थियो । उनको ठाउँमा खन्डा लामालाई पार्टीले टिकट दिएको हो । उनीसँगै प्रतिनिधिसभाको लागि पाल्देन छोपान गुरुङ र प्रदेशसभाको लागि दोर्जे डन्डुल शेर्पाले पनि सँगै उमेदवारी दर्ता गराएका छन् ।

उमेदवारी दर्ता गरेपछि  संक्षिप्त कुराकानी गर्दै “मलाई मनाङका जनताले मन पराएका छन् । म चुनावी तयारीमा जुटिसकेको छु । स्वतन्त्र उठेरै भएपनि चुनाव जित्छु। एमालेले नदिए पनि सबैको चाहनाअनुसार म चुनाव लड्छु,” गुरुङले भने । यसअघि राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे सम्पूर्ण कार्यसमिति नै साथमा लिएर एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah