मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता जारी छ ।
आज विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि समय छुट्याएको छ ।
आज (आइतबार) ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।
वाम गठवन्धनका तर्फबाट नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसले राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिसँग केही जिल्लामा तालमेल गरेको छ ।
धेरै जसो जिल्लामा वाम गठवन्धन र नेपाली कांग्रेसबीच भीडन्त हुने देखिएको छ ।
कुन प्रतिनिधिसभामा को उम्मेदवार ?




