मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम उर्फ राजाबाबु एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलामलाई एमालेमा स्वागत गर्नुभएको हो ।

कांग्रेसका प्रभावशाली नेता शेख इन्द्रिसका नाती आलम रौतहटमा प्रभावशाली नेता हुनुहुन्छ । उहाँले आफ्नै मामा अफताव आलमलाई भारी मतले पराजित गर्नुभएको थियो । गच्छद्धार कांग्रेस प्रवेश गरेपछि सहमहामन्त्री आलमले एमाले रोज्नुभएको हो । उहाँले मधेसको बिकाशका लागि एमाले मात्रै सही पार्टी रहेको बताउनु भयो ।

‘एमाले मात्रै मधेशको हितमा काम गर्ने पार्टी हो भन्ने ब्यवहारबाटै पुष्टि भइसकेको छ, यही कारण मैले एमाले रोजेको हो,’ प्रवेशपछि आलमले भन्नुभयो, ‘केपी ओली र एमाले मधेशको सच्चा हित चिताउने र बिकाशको अभियान चलाउने पार्टी र नेता हो भन्नेमा अव मधेशमा कुनै भ्रम छैन ।’
आलमलाई अध्यक्ष ओलीसहित उपाध्यक्ष बामदेव गौतम, पोलिटब्युरो सदस्य बिष्णु रिमाल र डा. राजन भट्टराईले पनि स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah