आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि चार दिन भित्र म्यादी प्रहरी नियुक्त हुने भएका छन् । निर्वाचन सुरक्षाका लागी करिव एक लाख म्यादी प्रहरी छनौट हुने प्रहरी प्रधान कार्यलयले जानकारी दिएको छ ।
म्यादीका लागी आवेदन दिएका २ लाख ९४ हजार मध्ये ९८ हजार २ सय ६८ म्यादी प्रहरी छनौट हुनेछन् ।
छनोट प्रक्रिया आजबाट शुरु हुने प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिनुभयो । प्रहरी प्रबक्ता नेउपानेका अनुसार ४ दिनको प्रक्रिया पश्चात सो संख्याका म्यादी प्रहरी नियुक्त हुने र आवश्यक तालिम प्रदान गरिने बताउनु भयो ।
उनीहरुको छनोट भने सम्बन्धित जिल्लाबाटै हुने उहाँले जानकारी दिनुभयो ।
प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीलाई ५५ दिनका लागी नियुक्त गर्ने जनाएको छ । सो अवधिमा मयादीले प्रहरी जवान सरहको तलब, रासन भत्ता, कपडाको भत्ता ४ हजार, यतायत खर्च १ हजार र खाजा खर्च पाउने छन् ।



