काठमाडौं । ७४ प्रदेशसभा सदस्यका लागि ३२ जिल्लामा मनोनयन भएको छ ।  प्रदेशसभा सदस्यको दौडमा दोस्रो तहका मात्रै नभई पार्टीका ‘हेवी वेट’ पनि छन् ।
गठबन्धन गरेर निर्वाचनमा होमिने पार्टीको निर्णयानुसार एमाले– माओवादी केन्द्रका केही ठूला नेताहरू प्रदेशसभा खुम्चिन पुगे पनि केही नेता भने मुख्य मन्त्री र प्रदेशको ‘हर्ताकर्ता’ को आकांक्षी बनेका छन् ।

प्रदेशमा लड्ने एमालेका ठूला अनुहार
एमाले सचिव एवम् संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ ४ नम्बर प्रदेशको मुख्य मन्त्री बन्ने आकांक्षाका साथ मैदानमा खडा छन् ।
०६४ को निर्वाचनमा  लम्जुङ–२ बाट १९५८३ मत ल्याएर विजयी भएका गुरुङ ०७० को निर्वाचनमा भने कांग्रेसका चन्द्रबहादुर गुरुङसँग पराजित भएका थिए ।
त्यस्तै एमाले पोलिटव्युरो सदस्य अरुण नेपाल पनि सिन्धुपाल्चोक–१ को प्रदेश क बाट उमेदवार बनेका छन् । नेपाल सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा ०६४ र ०७० को निर्वाचनमा दुवै पटक पराजित भएका थिए । उनी मुख्य मन्त्री बन्ने दौडमा भन्दा पनि सोही वाम तालमेलको कोपभाजनमा परेको बुझ्न कठिन हुँदैन । आफ्नो क्षेत्र माओवादी केन्द्रका नेता अग्नि सापकोटालाई सुम्पनु पर्दा उनी प्रदेशसभा सदस्यको उमेदवार बन्नुप¥यो ।

०७० को निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट २२ हजार १९६ मत ल्याइ विजयी भएका एमाले पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे यसपटक धादिङ–१ को क बाट प्रदेशसभा सदस्यको उमेदवार बनेका छन् । उनी पनि मुख्यमन्त्रीको दावेदार नै हुन् ।
त्यस्तै वाम तालमेलको कोपभाजनमा पर्ने अर्का प्रभावशाली नेता हुन्, पशुपति चौलागाईं । एमाले पोलिटव्युरो सदस्य रहेका चौलागाईं यसअघि ०६४ को निर्वाचनमा दोलखा–१ बाट माओवादी नेतृ देवी खड्कासँग पराजित भएका थिए ।
पोलिटव्युरोका वैकल्पिक सदस्य एवम् पूर्वमन्त्री शेरधन राई पनि १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन् । भोजपुर–२ बाट ११ हजार ९२७ मत ल्याएर विजयी भएका राई यसपटक भाजपुर खबाट प्रदेशसभाको सदस्यमा उठेका छन् ।
त्यस्तै एमालेका युवा नेता तथा राजेन्द्र राई पनि भोजपुर कबाट प्रदेशसभाको उमेदवार बनेका छन् । विद्यार्थी नेता हुँदा सडक तताएका नेता राई एमाले जनताबीचमा ‘नन टेस्टेड’ हुन् ।
रामेछाप–२ बाट गत संविधानसभाको निर्वाचनमा पराजित एमाले नेता कैलाश ढुंगेल यसपटक प्रदेशसभा सदस्यको दौडमा छन् । अघिल्लो पटक आफैँलाई हराएका माओवादीका उमेदवार श्यामकुमार श्रेष्ठलाई सघाउनुपर्दा उनी प्रतिनिधिसभा सदस्य बन्न बञ्चित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah