सहबान अन्सारी/ नवलपरासीको दक्षिणी भेगहरुमा छठ पर्वको लोक प्रियता बढेको छ।

तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा विकशित हुदै गएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आस्था र निष्ठाको पर्व छठको आज दोस्रो दिन नवलपरासी जिल्लाको विभिन्न ठाउँहरु परासी, कुश्मा, महेशपुर, भुजहवा, सोमनी, प्रतापपुर, सुर्यपुरा, गुठीपरसौनी त्रिबेणी लगायतका ठाऊहरुमा बिषेश तयारी गरिएको छ।

यो पर्व कार्तिक शुक्ल पक्ष तृतियको दिन देखी शुरु हुन्छ मुख्य दिन अर्थात षठवींको दिन पुजा स्थलहरु नदि,नाला,पोखरी ताल तलैया को बिषेश रुपमा सजावट गरी बृतालुहरु अर्ध्य सामग्री लिएर उपस्थीत हुने गर्छन! यो पर्व हरेक साल कार्तिक शुक्ल पक्षको षठवींको दिन मनाउने गरिन्छ ।

धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी सहित मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको हुदाँ बिगतको दिन भन्दा छठ पर्व हरेक बर्ष बृदि हुदै गएको देखीन्छ ।

यो पर्वमा हरेक समुदायको चासो बढदै गएको छ! छठ पर्व सुर्यको अराधना र उपासना गरि मनाउने गरिन्छ जिल्ला भरिका बिभिन्न जात जातीहरु समेत छठ पर्व मनाउने गरेको पाईन्छ यो अवसरमा पुजाको लागी घर- घरमा बिशेष तयारी समेत गरिएको छ।