गोरखा-२ बाट उम्मेदवारी दर्ता गराएका नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकाअर्काको तीखो आलोचना गरेका छन् । गोरखामा सोमबार बिहान आलोपालो पत्रकार सम्मेलन आयोजना गरी बाबुराम र नारायणकाजीले एकअर्कामाथि आरोपप्रत्यारोप गरेका हुन् ।

नेपाली कांग्रेस, राप्रपा र नयाँ शक्तिका साझा उम्मेदवार बनेका बाबुरामले पत्रकार सम्मेलन गरेर धारणा सार्वजानिक गरेलगत्तै वाम गठबन्धनबाट उम्मेदवारी दिएका नारायणकाजीले पनि पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजानिक गर्दै आफूले जित्ने दाबी गरे ।

पत्रकार सम्मेलनमा बाबुरामले नेकपा एमाले र माओवादीबीचको वामगठबन्धन धेरै नटिक्ने टिप्पणी गरे । पार्टी एकताका लागि गठबन्धन नभएको बताउँदै उनले चुनावी दाउपेचका लागि एमाले र माओवादीको गठबन्धन भएको दाबी गरे ।

‘पार्टी एकता गरेर अघि बढ्ने भन्दा पनि एमाले र माओवादीबीच सत्तामा को हावी हुने भन्ने तानातान छ । वाम गठबन्धनभित्र एमाले र माओवादीमै लुछाचुँडी छ। निषेध कै कारणले गर्दा वामगठबन्धन धेरै समय टिक्दैन,’ बाबुरामले भने ।

गोरखा २ मा चुनाव लड्न नदिएर गठबन्धनले आफूलाई निषेध गरेको बताउँदै भट्टराईले सत्तास्वार्थका लागि तालमेल गरेका एमाले र माओवादी चुनावपछि आ–आफ्नो बाटो लाग्ने बताए। साथै उनले कांग्रेसलाई जरैदेखि उखालेर फ्याँक्नुपर्छ भनेर आफूले नभनेको भन्दै सबै दलको हित नयाँ शक्तिले चाहेको बताए ।

‘बाबुरामले समृद्धि ल्याउन सक्दैनन्’

सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाम गठबन्धनबाट गोरखा २ मा उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा समृद्धि सम्भव नभएको दाबी गरे ।

भट्टराईले अपवित्र गठबन्धन गरेको आरोप पनि उनले लगाए। वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएर स्थिर सरकार बनाउने र देशलाई कायापलट गर्ने उनले बताए ।

‘वाम गठबन्धन अरुको जस्तो अपवित्र गठबन्धन होइन। विचार मिल्ने शक्तिहरु बीच पार्टी एकता गर्नेसम्मको निर्णय भइसकेको छ,’ पर्यटन, शिक्षा, जडिबुटी व्यवस्थापन गर्दै गोरखालाई विकासमा नमुना जिल्ला बनाउने योजना नारायणकाजीले सुनाए ।

बाबुरामको ढुलमुले प्रवृत्ति रहेको आरोप लगाउँदै श्रेष्ठले भने, ‘बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सहभागी गराएका थियौं । उहाँको आफ्नै प्रवृत्तिले गर्दा छाड्नुभयो। नारायणकाजीले गर्दा उहाँ वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य होइन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah