दमक स्थित लाइफलाइन अस्पतालमा एक ९७ बर्षिय बृद्ध अर्जबहादुर राइ घुडाको समस्या लिएर उपचारका लागि आएकाछन् । ९ महिना अघि पानी निकालेको र फेरी दुखेको भन्दै उनि लाइफलाइन अस्पतालका हाडजोर्नी रोग बिशेषज्ञ डा. मनोज कुमार शाहलाइ देखाउन आएका हुन् ।
https://www.youtube.com/watch?v=j7vEfLDGLq8&feature=youtu.be
पहिला धेरै दुखेर र समस्या भएर राइ आएपछि आफूले घुंडामा जमेको पानी झिकिदिएको र सन्चो मानेर फर्कीएको डा. शाहले जानकारी दिए । कान कम सुन्ने राइ अहिले पनि ठम्ठम हिडदै आएका थिए ।
डा. मनोज लोकप्रीय बन्दै
हाडजोर्नि रोग बिशेषज्ञ शाह दमकमा लोकप्रीय बन्दै गएकाछन् । उनको बिरामीलाइ परामर्श दिने शैली र उपचारमा देखाउने गम्भिरताका कारण लोकप्रीय भएको बताईएको छ । अस्पतालमा र उनि काम रहने क्लिनिकहरुमा उपचारमा आउनेहरुको भिड लाग्ने गरेको बताइएको छ ।
केहि समय अघिसम्म हाडजोर्नीका बिरामीहरु धरान, बिराटनगर र भारतको सिलगुढी जाने गरेपनि अहिले दमकमा नै राम्रो उपचार पाउन थालेपछि बिरामीहरु पनि खुसि हुने गरेकाछन् ।

https://www.youtube.com/watch?v=j7vEfLDGLq8&feature=youtu.be



