राजपा नेपालका महासचिव केशव झाले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जानेबारे आफूहरुवीच गृहकार्य भैरहेको बताएका छन् ।

झाले भने,‘लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनको लागि कांग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरमवीच चुनावी तालमेल गर्नेबारे अन्तिम बैठक भोलि पनि हुँदैछ, हुन त पहिलो चरणमा चुनावी तालमेल त्यति प्रभावकारी भएन्, तर दोस्रो चरणको निर्वाचनमा हुन्छ, हामीले त्यही विश्वास गरेका छौं।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले २ नम्बर प्रदेशमा अलि बढि ध्यान केन्द्रित गरेको भन्दै उक्त प्रदेशमा तालमेल बढि हुने विश्वास दिलाए । झाले भने,‘मधेशका २० जिल्लाका ७८ वटा निर्वाचन क्षेत्रमा हाम्रो फोकस छ।’

उनले राजपा नेपाल–संघीय समाजवादी फोरमवीच सिट संख्या बाँडफाँडमा कुरा मिलिसकेको बताउँदै कांग्रेससँग पनि चुनावी तालमेल हुने निश्चित भएको जिकिर गरे । उनले थपे,‘कांग्रेससँग चुनावी तालमेल हुने निश्चित छ, तर कति सिटमा हुने भन्ने बाँकी छ, त्यो पनि भोलि हुने निर्णायक छलफलमा कुरा मिल्छ।’

त्यस्तै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई आफूहरुले सामान्य रुपमा लिएको स्पष्ट पारे । झाले भने,‘आम नागरिकको रुपमा उहाँले चासो लिनुभएको होला, अब उहाँ नयाँ पार्टी खोलेर आए उहाँलाई राजनीतिक मैदानमा स्वागत छ।’

नेता झाले फरक प्रसँगमा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई रौतहटको क्षेत्र नम्बर ४ बाट राजपाको उम्मेद्धवार बनाउने पहल र प्रयास भैरहेको समेत जानकारी दिए ।

उनले थपे,‘उहाँजस्तो चर्चित फेस पनि राजनीतिमा आउनुपर्छ, हामीले त उहाँलाई पहिल्यैदेखि नै आउनुहोस् भनेका छौं, अहिले पनि उहाँलाई चुनाव उठाउनेबारे अन्तिम प्रयास भएको छ, मलाई लाग्छ हाम्रो प्रयासले सार्थकता पाउनेछ।’ रिर्पोटसनेपालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah