ऋचा आजभोलि नै दिदीकोमा जाने तयारीमा थिइन्

‘बङ्गलौर जाने टिकटसमेत भइसकेको रहेछ’

मोबाइलमा उनले सम्पर्क गरेको फोन र आएको फोनको लग डिटेल डिलिट

प्लस टु को अध्ययन सकेर बसेकी झापा विर्तामोडकी २० वर्षीया ऋचा सेढाइँ आइतबार दिउँसो मृत अवस्था फेला परिन्। ऋचा आफ्नै घरको कोठामा झुन्डिएको अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ।

सामाजिक सञ्जालमा निकै सक्रिय ऋचाको मृत्युलाई लिएर यतिखेर सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा चलेको छ। उनको फेसबुक वालमै धेरैले उनलाई ट्याग गरेर धेरैले किन आत्महत्या गरेको भन्दै प्रश्न गरिरहेका छन्।

आइतबार दिउँसो करिब ३ बजेदेखि ४ बजेको भित्रमा उनको मृत्यु भएको बिर्तामोड प्रहरी कार्यालयका डिएसपी राजकुमार सिलवालले बताए।
डिएसपी सिलवालले भने ‘हामीलाई ५ बजेतिर खबर आयो। हामी घटनास्थल पुग्दा शरीरको रगत आलै थियो। त्यसैले करिब १ देखि २ घन्टा अगाडि उनको मृत्यु भएको हुनुपर्छ।’

बुबा र आमा बजार गएको बेला ऋचा घरमा एक्लै थिइन्। यही समयमा उनको मृत्यु भएको उनले बताए। उनी भन्छन् ‘अहिलेसम्म हाम्रो अनुसन्धानमा उनले किन आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन।’

केही समयदेखि सामाजिक सञ्जालमा निराशावादी कुरा लेखेपनि उनी दुःखी र निराश नदेखिएको ऋचाका बुवाले प्रहरीको बयानमा बताएका छन्। मृत्यु हुने दिन पनि ऋचाले राम्रो कपडा र ऋंगार गरेर बसेकी थिइन्।

ऋचाकी दिदी भने केही समय अगाडि विवाह भएर भारतको बङ्गलौरमा बस्दै आएकी छिन्। ऋचाका एक भाइ र चार जना दिदीबहिनी छन्। ऋचा आजभोलि नै दिदीकोमा जाने तयारीमा थिइन्।

‘बङ्गलौर जाने टिकटसमेत भइसकेको रहेछ’, डिएसपी सिलवालले भने, ‘केही समय उतै बस्ने, जागिर पाए उतै काम गर्ने घरपरिवारमा सल्लाह भएको रहेछ।’

घटनास्थलमा प्रहरीले सुसाइड नोट फेला पारेको छैन। ऋचाको मोबाइलमा उनले सम्पर्क गरेको फोन र आएको फोनको लग डिटेल भने डिलिट गरेको अवस्थामा पाइएको छ। उनलाई अन्तिम पटक कसले फोन गर्योक भन्ने खुले अनुसन्धानमा सहयोग हुने डिएसपी सिलवालले बताए। उनले भने, ‘मोबाइल कल लग डिलिट गरेको पाइयो, कल डिटेल निकालेर अनुसन्धान अगाडि बढाएका छौं।‘

ऋचाका बुवा सामान्य होटेल व्यवसायी हुन्। ऋचा यसपछिको पढाइ एमबिबिएस गर्न चाहन्थिन्। धेरैले एमबिबिएस पढ्ने पैसा नभएर सुसाइड गरेको अड्कलबाजी गरे पनि प्रहरी भने मृत्युको कारण यही मात्र नहुने दावी गरिरहेको छ।पहिलोपोष्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah