काठमाडौँ, ७ कात्तिक- कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस परेको छ ।
निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बनेपछि दोस्रो चरणको चुनावी तालमेल हुने कि नहुने भन्नेमै अन्योल खडा भएको कांग्रेसका एक नेताले बताए ।
पहिलो चरणअन्तर्गत ३२ जिल्लामा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच चुनावी तालमेल भए पनि दोस्रो चरणअन्तर्गतका मधेसका निर्वाचन क्षेत्रमा चुनावी तालमेल कठिन देखिएको हो ।
पहिलो चरणको तालमेलमा पनि सहमतिअनुसार कार्यान्वयन नभएको भन्दै कांग्रेस नेताहरू गठबन्धनमा आबद्ध दलसँग असन्तुष्ट छन्, कान्तिपुर दैनिकमा खबर छ ।










