नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले विपीको सपना साकार पार्नकै लागि आफू राजनीतिमा होमिएको बताएका छन् ।

आफ्नो ५९ औं जन्मोत्सवको अवसरमा हाम्राकुराले गरेको संक्षिप्त अन्तर्वार्ताका क्रममा महामन्त्री कोइरालाले विपीले देखेको सपना आफूले नै पूरा गर्ने बताए ।

उनले नेपाली काँग्रेस विपीको सपना साकार पार्ने बाटोमा अगाडि बढेको भन्दै एक जुट भएर लाग्ने हो भने विपीको सपना टाढा नभएको प्रतिक्रिया दिए ।

डा कोइरालाले समृद्ध नेपालको चाहना नै विपीको सपना भएको भन्दै उक्त सपना पूरा गर्न आफू अन्तिम समयसम्म पनि लडिरहने बताए ।

उनले काँग्रेसभित्र आन्तरिक किचलो केही भए पनि त्यसलाई समाधान गरी एक ढिक्का हुनुपर्नेमा जोड दिए ।

महामन्त्री कोइरालाले प्रजातान्त्रिक गठबन्धनसंग सोचविचार गरेरै अगाडि बढ्नु पर्नेमा जोड दिंदै एकताले मात्रै मुलुक समृद्धितर्फ जाने बताए ।

आसन्न चुनावमा एक ढिक्का भएर लागेका खण्डमा काँग्रेसको जीत सुनिश्चित भएको पनि डा कोइरालाको भनाइ छ ।

डा कोइरालाले जन्मदिनमा विशेष केही नगरे पनि विपीकै चिन्तनमा डुब्ने गरेको बताए ।

डा कोइरालाको जन्म सन् १९५८ अक्टोवर २४ तारिखमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah