बाजुरा, ८ कार्तिक– नेकपा एमाले र माओवादी केन्द्र सहभागी वाम गवन्धनलाई चुनावमा सघाउन भन्दै नेपाली कांग्रेस बाजुराका पूर्वसभापति मनबहादुर रावलले पार्टी परित्याग गरेका छन् । रावले गत संविधान सभा निर्वाचनमा बाजुरा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवार समेत थिए ।

कांग्रेस नेतृत्वले आफूमाथि अन्याय गरेको भन्दै नेता रावलले वाम गवबन्धनलाई सघाउन पार्टी परित्याग गरेको बताएका छन् । बुधवार एक विज्ञप्ती जारी गर्दै रावलले कांग्रेस परित्याग गरेको बताएका हुन् ।

‘पार्टी संगठनको विका र सुदृढीकरणको निम्ती आफ्नो तर्फबाट अहम भूमिका निर्वाह गर्दागर्दै पनि पार्टीले मेरो भूमिकाको उचित मूल्याङ्कन नगरी न्याय दिन नसकेको महशुष भएकाले आजका दिनदेखि नेपाली कांग्रेस पार्टीसँग सम्पूर्ण रुपमा सम्पूर्ण रुपमा सम्बन्ध बिच्छेद गरी आफू स्वतन्त्र भएको जानकारी गराउन चाहन्छु,’ रावलले विज्ञप्तीमा भनेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेसबाट आफू अन्यायमा परेको अवस्था अरुलाई न्याय दिन नसकिने भएकाले पार्टी छाडेको उनको भनाइ छ ।

आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा वाम गठवन्धनलाई सहयोग गर्न पनि उनले आफ्ना शुभेच्छुकलाई आग्रह गरेका छन् ।