काठमाडौं । मनाङको प्रदेशको क्षेत्र नम्बर २ का एमाले उमेदवार खण्डा लामाले आफ्नो उमेदवारी फिर्ता लिएकी छन् ।

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका दीपक मनाङ्गेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन् । मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उमेदवार खण्डा लामाले उमेदवारी फिर्ता लिएको पुष्टि गरेका छन् ।  जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङ्गेलाई सर्वत्र विरोध भएपछि केन्द्रले उनको नाम काटेको थियो ।
तर, मनाङका जनताले आफूलाई जिताउने भन्दै दीपकले स्वतन्त्र उमेदवारी दर्ता गरेका थिए । अब एमालेका आधिकारिक उमेदवार खण्डा लामाले स्वतन्त्र उमेदवार मनाङ्गेलाई सघाउने र केन्द्रमा उनी समर्थकले एमालेलाई सघाउने उनले जनाए ।

मनाङ सदरमुकाम चामेमा रहेका मनाङ्गेले बाह्रखरीसँग कुरा गर्दै भने, “सबैको समर्थन अनुसार मैले स्वतन्त्र उमेदवारी दिएको थिएँ । बाहिर हल्ला भएजस्तो मनाङको अवस्था होइन । हामी सबै मिलेर अगाडि बढ्ने हो । हामी दुई जना उठ्दा हार्ने देखियो र मिल्यौं ।”

यो सँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उमेदवार कर्मा गुरुङ र मनाङ्गेबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी प्रदेशको क्षेत्र नं १ मा एमालेबाट दोर्जे डण्डुल गुरुङ र कांग्रेसबाट चिन्ताबहादुर घले उमेदवार बनेका छन् ।

प्रतिनिधिसभाका लागि कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पाल्देन गुरुङ उमेदवार छन् । बार्हखरी बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah