रौतहटका चार निर्वाचन क्षेत्रमा पछिल्लो स्थानीय तह चुनावमा वडा स्तरमा पार्टीहरूले ल्याएको मतको विश्लेषण गर्दा वाम गठबन्धन दुई क्षेत्रमा अगाडि देखिन्छ।
नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएपछि असन्तुष्ट बनेका सांसद मुस्ताक आलम एमाले प्रवेश गरेका छन्। उनको प्रवेशले पनि वाम गठबन्धनलाई यहाँ केही लाभ हुने देखिन्छ।
क्षेत्र नम्बर १
रौतहट क्षेत्र नम्बर १मा कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ। कांग्रेसको ११ हजार २ सय ४२ मत रहेको छ। माओवादी केन्द्रको १० हजार ७ सय २० रहेको छ। राजपाको ९ हजार ९ सय ४५, एमालेको ९ हजार १ सय ४७ र फोरमको मत ७ हजार ९ सय ५९ रहेको छ।
एमाले–माओवादी मत जोड्ने हो भने १९ हजार ८ सय ६७ हुन आउछन। राजपा–फोरमको मत १७ हजार ९ सय ४ हुन आउछ।
यी दुई गठबन्धन र कांग्रेस छुट्टाछुट्टै चुनाव लडे भने वाम गठवन्धन र राजपा-फोरम बिच यहाँ प्रतिस्पर्धा हुनेछ। तर कांग्रेसको राजपा-फोरमसँग चुनावी तालमेलको प्रयास सफल भयो भने यी तीन पार्टीको मत वाम गठवन्धनको भन्दा झण्डै १० हजार बढी हुन्छ।
क्षेत्र नम्वर एकमा गौर नगरपालिका, दुर्गाभवती गाउपालिका लगायतका स्थानीय तहहरु पर्छन् ।
क्षेत्र नम्बर २
यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै मत ल्याएको थियो। नेपाली कांग्रेसले १६ हजार ९ सय ५७ र दोस्रोमा माओवादी केन्द्रले ११ हजार ४ सय ५८ मत ल्याएको थियो।
यहाँ एमालेले ७ हजार ७ सय ८१, लोकतान्त्रिक फोरमले ८ हजार ६ सय ८१, संघीय समाजवादी फोरमले ५ हजार ६ सय ३१ र राजपाले ३ हजार ९ सय ७२ मत ल्याएका थिए।
एमाले र माओवादीको मत जोड्दा यो क्षेत्रमा १९ हजार २ सय ३९ हुन आउछ । राजपा र फोरमको मत ९ हजार ६ सय ३ मत रहेको छ। त्यसैले राजपा-फोरम गठवन्धन यहाँ वाम गठवन्धन भन्दा कमजोर देखिन्छ।
तर केहि गरी कांग्रेससँग तालमेल भयो भने नेपाली कांग्रेस–राजपा–फोरमको मत जोड्दा २६ हजार ५ सय ६० हुन आउछ। त्यो मत वाम गठवन्धनको भन्दा सात हजारले बढी हो।
यहाँ लोकतान्त्रीक फोरमले पाएको मत कता जान्छ भन्ने पनि महत्वपुर्ण छ। लोकतान्त्रीक फोरम काँग्रेससँग मिसिएको छ। तर आलम फोरम छोडेर एमाले छिरेका छन्। आलम सँगै लोकतान्त्रीक फोरमको मत वामगठबन्धनलाई गयो भने यो गठबन्धन र कांग्रेस-राजपा-फोरम बिच प्रतिस्पर्धा हुनेछ। सेतो पाटी बाट सभार










