वाम तालमेल र एकताको निर्णयपछिको नेपाली राजनीतिमाथि घरेलु वहस भइरहेको बेला नेपालस्थित कुटनीतिक समुदाय पनि विकसित राजनीति अवस्थावारेको परामर्शमा लागेको छ । नेपालका लागि अमेरिकी राजदुत एलाइना वी टेप्लिज् र भारतीय राजदुत मञ्जिभसिंह पुरीले एक सातामा प्रधानमन्त्री शेरबहादुर देउवासहितका मुख्य राजनीतिक दलका प्रमुख नेताहरुसँग बेग्ला बेग्लै भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा वाम सहकार्य, प्रदेश र प्रतिनिधि सभा निर्वाचन, त्यसको तयारी र अन्य समसामयिक बिषयमा छलफल भएको श्रोतले बताएको छ । मंगलबार प्रधानमन्त्रीलाई भेट्नु भएकी अमेरिकी राजदुत टेप्लिज्ले त्यसअघि सोमबार एमाले अध्यक्ष केपी  शर्मा ओलीलाई बालकोट निवासमा भेट्नुभएको थियो । सोमबार नै भारतीय राजदुत पुरीले पनि एमाले अध्यक्ष ओलीसंग भेटवार्ता गर्नुभएको थियो । श्रोतका अनुसार, अमेरिकी र भारतीय राजदुतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहललाई समेत भेटेर विकसित राजनीतिवारे जानकारी लिनुभएको थियो ।

उहाँहरुले प्रधानमन्त्री देउवासँग वाम गठबन्धनप्रतिको धारणा बुझ्दै लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया कहाँ पुगेको छ ? गठबन्धन निर्माणले निर्वाचनलाई प्रभावित पार्छ कि पार्दैन ? नेपाली राजनीति कसरी अघि बढ्छ भन्ने जिज्ञाशा राख्नुभएको थियो । प्रधानमन्त्री देउवाले भने निर्वाचन तोकिएको मंसीर १० र २१ मा नै हुने र गठबन्धनले निर्वाचनलाई प्रभावित नपार्ने बताउनुभएको थियो ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तामा भने राजदुतहरुले वाम गठबन्धनवारे बुझ्न चाहे पनि दलहरु मिलेर निर्वाचनमा जाँदा सकारात्मक हुने धारणा राखेको बुझिएको छ । श्रोतका अनुसार, माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भने भारतीय र अमेरिकी राजदुतले तालमेलले राजनीतिक धु्रबीकरण बढाउँछ कि भन्ने जिज्ञाशा राख्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले भने नेपालमा राजनीतिक संक्रमण लामो समयसम्म रहँदा आर्थिक बिकास अघि बढाउन नसकिएको भन्दै विकास र समृद्धितर्फ अघि बढाउने उदेश्यका साथ तालमेल गरिएको बताउनु भएको थियो ।

दुई ठूला कम्युनिष्ट पार्टीका बीचमा भएको सहकार्य र एकताको निर्णयपछि कांग्रेस लगायतका घरेलु राजनीतिक शक्ति र केही वाह्य शक्ति चिन्तित भएका छन् । प्रधानमन्त्री देउवाले बामपन्थी एकताको उदेश्य नेपालमा अधिनायकवाद स्थापना गर्नु हो भन्ने सार्वजनिक धारणा राख्दै वाह्य समुदायको धारणा बुझ्ने प्रयास गरिरहनु भएको छ ।

भारत र अमेरिकाका राजदुत मात्र नभएर काठमाडौंस्थित चिनियाँ राजदुतसहितका अन्य राजदुत पनि पछिल्लो राजनीतिक बिकासक्रम र निर्वाचनवारे राजनीतिक नेतृत्वसँगको भेटवार्तामा व्यस्त हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah