८ कात्तिक, काठमाण्डौ । सर्वोच्च अदालतले आगामी निर्वाचनमा दुईवटा मत पत्र किन प्रयोग गर्नु नपर्ने भन्ने विषयमा निर्वाचन अयोगसँग जवाफ माग गरेको छ ।

मतपत्रका विषयमा निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामाथि कारबाही गर्दै अदालतले तीन दिनभित्र लिखित जवाफ मागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजपा नेपाल पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रमुख निर्वाचन आयुक्त यादवविरुद्ध मंगलबार अदालतको अवहेलना मुद्धामा रिट निवेदन दर्ता गराएका थिए ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मतपत्र फरक फरक बनाउनुपर्ने माग गर्दै शुक्लाले मुद्दा दायर गरेका हुन् ।

यसअघि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मतपत्र फरक फरक बनाउनका लागि अन्तरिम आदेश दिन माग गर्दै राजपा नेपालका नेता शुक्लाले नै दायर गरेको रिटमा सर्वाेच्चले समानुपातिकतर्फको मतपत्र छाप्न सुरु गरिसकेकाले बोल्न नमिल्ने भन्दै प्रत्यक्षतर्फ विचार गर्न निर्वाचन आयोगलाई भनेको थियो ।

यद्यपी अन्तरिम आदेश भने दिएको थिएन् । रिपोर्टस नेपाल ड्ट कम बाट सभार