गोरखा : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई सहयोग गर्न गोरखा २ बाट दुई प्रतिस्पर्धीले उम्मेद्वारी फिर्ता लिएका छन्। संघीय समाजवादी फोरम नेपाल र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन्।

संघीय समाजवादी फोरम नेपालका सुकदेव तामाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारबाट नाम फिर्ता लिएका हुन्। उनले भट्टराईलाई समर्थन गरेका छन्। उनले बुधबार दिउँसो गोरखा २ को निर्वाचन कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिएका हुन्।

त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा क बाट उम्मेदवारी दिएका राप्रपा प्रजातान्त्रिकका रुद्रराज पाण्डेले पनि नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार हरिशरण आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

तामाङ र पाण्डेले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा १ र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा १ बमोजिम उम्मेदवारी फिर्ता लिएको बताए। भट्टराई गोरखा क्षेत्र २ मा नेपाली कांग्रेसको समर्थनमा प्रतिनिधि सभा सदस्य र आचार्य क्षेत्र नं. २ को प्रदेश क बाट निर्वाचनमा उम्मेदवार हुन्।

राप्रपा प्रजातान्त्रिकले गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भने उम्मेदवारी नै दिएको छैन। पहिलो चरणको निर्वाचन भएका क्षेत्रमा संघीय समाजवादी फोरमले नयाँ शक्ति नेपाललाई सहयोग गर्ने र दोस्रो चरणको निर्वाचनमा नयाँ शक्ति नेपालले फोरमलाई सहयोग गर्ने दुई पार्टीको सहमति अनुसार उम्मेदवारी फिर्ता लिएको तामाङले बताए।


अब प्रतिनिधिसभामा गोरखा क्षेत्र २ बाट कांग्रेस र नयाँ शक्तिको साझा उमेद्वार बाबुराम भट्टराई, एमाले र माओवादी केन्द्रका उमेद्वार नारायणकाजी श्रेष्ठ, देशभक्त जनगणतान्त्रिक मोर्चाका नारायण अधिकारी, मङ्गोल नेशनल अर्गनाइजेशनका सोम गुरुङ, विवेकशील साझा पार्टीका नवराज थापा, आमुल परिवर्तन मसिहा पार्टीका देवप्रसाद प्रधान, नेमकिपाका गोविन्दसिंह बस्नेत, राष्ट्रिय जनमुक्ति पार्टीका नारायणबहादुर अर्याल र नेपाल संघीय समाजवादी पार्टीका रामकृष्ण ढकालले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah