हिमाल जोडिएको कास्कीबाहेकका जिल्लाहरूको सैंतीस निर्वाचन क्षेत्रमा आगामी मङ्सिर १० गते सम्पन्न हुने चुनावको सम्भावित परिणामलाई लिएर अनुमानबाजी र विश्लेषण सुरु भएको छ । हिमाल जोडिएको भनिए पनि यी जिल्लालाई माओवादी प्रभावित जिल्लाका रूपमा पनि बुझ्ने गरिन्छ ।

मनाङ र मुस्ताङबाहेक पहिलो चरणको निर्वाचन हुने सबै जिल्लालाई हिंसात्मक युद्धकालमा माओवादी प्रकोप भएको जिल्लाका रूपमा लिइन्थ्यो । त्यसैले पहिलो चरणको निर्वाचनमा ठूलो सफलता हासिल हुने आशा माओवादीले राखेको छ ।

हुन पनि एमालेसमर्थित मतदाताहरू माओवादीलाई मतदान गर्न हिचकिचाएनन् भने ३७ मध्ये माओवादी एक्लैले बढीमा १० स्थान जित्न सक्ने स्थिति देखिँदै छ, जब कि दोस्रो चरणको निर्वाचनमा यही अनुपातको सफलता माओवादीलाई मिल्न मुस्किल छ । पहिलो चरणको निर्वाचनमा माओवादी सात स्थानमा सजिलैसँग र अन्य तीनमा मुस्किलले विजयी बन्ने सम्भावना देखिएको छ ।

निर्वाचन क्षेत्रको सतही अध्ययन, मतदाताको मनस्थिति, दलहरूको एजेण्डा र स्थिति, चुनावी वेभ तथा चुनावी कार्यनीति एवम् रणनीतिको अध्ययन र त्यसको सम्भावित प्रभावका आधारमा यस्तो निष्कर्ष निकालिएको हो । नेकपा एमालेले ३७ मध्ये ११ स्थानमा सजिलोसँग र चार स्थानमा अलिक कठिन प्रतिस्पर्धाबाट चुनाव जित्न सक्ने सम्भावना छ ।

एमाले उम्मेदवारलाई माओवादी मतदाताहरूले इमानदारीपूर्वक मतदान गरेमा पहिलो चरणमा एमालेले करिब पन्ध्र स्थानमा विजय हासिल गरेर ठूलो दलको हैसियत बनाउने स्थिति छ । नेपाली काङ्ग्रेसले भने पहिलो चरणको निर्वाचनमा दोस्रो ठूलो दलको हैसियत बनाउन पनि कठोर परिश्रम गर्नुपर्ने देखिन्छ । कुल सैंतीसमध्ये केवल तीन स्थानमा मात्र काङ्ग्रेस अलिक सहज ढङ्गले विजयी बन्न सक्ने र बाँकी नौ स्थानमा कठिन मिहिनेत र सङ्घर्षबाट मात्र विजयी बन्न सम्भव हुने स्थिति छ ।

यो चरणको निर्वाचनमा काङ्ग्रेसले धेरै ठूलो उपलब्धि हासिल गर्न सक्यो भने बढीमा बाह्र (१२) स्थानमा विजयी बन्ने सम्भावना छ भने प्रतिकूलतालाई अनुकूल बनाउन नसकेमा काङ्ग्रेस केवल तीन सिटमै सीमित हुनुप¥यो भने पनि आश्चर्य हुनेछैन । निर्वाचनको मैदानमा शेरबहादुर देउवा देखा नपरी पार्टीका अन्य प्रभावकारी र परिपक्व तथा युवा नेताहरू प्रस्तुत हुँदा त्यसको सकारात्मक प्रभाव पर्ने ठानिएको छ । चुनावी परिणाममा बाँकी प्रभाव उम्मेदवारको व्यक्तित्व, उनको प्रभाव, एजेण्डा, चुनावी नीति, कार्यक्रम, प्रचारशैली र सङ्गठन परिचालनको रहनेछ । घटना र विचार मा खबर रहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah