-निर्मल भट्टराई
प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम ऐतिहासिकनिर्वाचनको संघारमाबाम गठबन्धन बनेपछि नेपाली राजनीतिमाआएको अद्वितीय तरङ्ग अझै सेलाएको छैन ।
केही अगाडिसम्म वैचारिक र राजनीतिक रुपमादुई किनारामा रहेका बामपन्थीदलएमाले र माओवादी केन्दलेचुनावीतालमेल गर्दै पार्टी एकीकरण पुग्ने औपचारिक दस्तावेजमा हस्ताक्षर गरे पछि गैह्र कम्युनिष्ट बृत्तमा ठूलो बेचैनी शुरु भएको छ ।
वामपन्थीलाई विभाजन गरेर आफ्नो राजनीतिको रोटी सेकिरहेको नेपालीकांग्रेसको नेतृत्वमा राजावादीशक्ति, मधेशवादीशक्तिवीचतीब्र ध्रुवीकरणको थालनीभएको छ । ईतिहासकाविभिन्नचुनावभन्दाविल्कुलभिन्नदुई कित्ताविचनिर्वाचनहुने स्थिति पैदा भएको छ ।
एकातिर बाम गठबन्धन मजबुतहुदैछ भने अर्कातिर यसका विरुद्ध विभिन्न टिका टिप्पणी शुरु भएको छ । नेका नेतृत्वको गठबन्धनमा सम्मिलित नेताकार्यकर्ता र केही सञ्चार माध्यमहरुले बाम गठबन्धनतर्फ मोडिन सक्ने आशंकाव्यक्तगर्न थालेका छन् ।
दशकौ लोकतान्त्रिकअभ्यास गर्दै आएको र जनताको बहुदलीयजनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको एमाले कसरी एकाएकअधिनायकवादीहुन सक्छ ? मालेमावादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएर हतियारबन्द संघर्षबाट सत्ताकब्जागर्न सकिन्छ भन्ने मान्यताबाट पछि हटेर शान्तिप्रक्रियाहुदै संसदीय राजनीतिमाहोमिएकोमाओवादीशक्ति कसरी अधिनायकवादतर्फ मोडिन सक्छ ?
एमाले नेतृत्वको गठबन्धनले चुनाबजित्दा देश अधिनायकवादतर्फ जाने अनि नेका नेतृत्वको गठबन्धनले जित्दामात्रलोकतन्त्रजोगिन्छ भन्ने तर्क आधारहीनमात्र छैन, भ्रामकपनि छ ।
जननेतामदन भण्डारीले अधि सारेको विचार जनताको बहुदलीयजनवादसंग माओवादी सुप्रिमो प्रचण्ड समेत सहमतहुने वातावरण निर्माण हुदै गर्दा र नेपालको आधुनिक ईतिहासमामाओवादी जनयुद्धको भूमिकालाई पुनर्मुल्याङ्कनगर्ने विन्दुमाएमाले सुप्रिमो के पीओलीपुग्दै गर्दालगाईएका यस्ता आरोपको के तुक होला? यो गलतचुनावीप्रोपोगाण्डाबाट नेपाली सचेत जनतामाकुनै प्रभाव पर्ने संभावना छैन ।
ईतिहास साक्षी छ —एमालेकाशीर्ष नेताहरु केपीओली, झलनाथखनाल,माधव नेपाल, बामदेव गौतम,ईश्वर पोखरेलले संवैधानिक राजतन्त्रवादीकांग्रेस र माओवादीलाई लोकतान्त्रिक गणतन्त्रको बाटोमाल्याउनअद्वितीयभूमिका खेलेका छन् ।
नेताहरुले खेलेको त्यो ऐतिहासिकभूमिका देशलाई समृद्ध लोकतन्त्रको गन्तव्यमापुर्याउने ईमान्दार प्रयत्नथियो, अधिनायकवादलाद्ने कुनै प्रपन्चथिएन । नेपालमाभएका सबै लोकतान्त्रिकनिर्वाचनमाकांग्रेससंग प्रतिस्पर्धा गर्दै आएको नेपालको बामशक्तिलाई आफू अनुकुलनहुने वित्तिकै अधिनायकवादी देख्ने कांग्रेसी नेताहरुलाई राम राममात्रभन्न सकिन्छ ।
बाम गठबन्धनको औपचारिक घोषणापछि सो गठबन्धन भित्रकै केही नेताकार्यकर्तामा संशय देखियो—अब बन्ने कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त के हुनेछ, जनताको बहुदलीयजनवादवामाओवाद ? पार्टी एकताको लागि यो सबभन्दा महत्वपूर्ण विषयहुँदाहुँदै पनिअहिलेको समय यो विषय छलफलको विषयहुन सक्दैन ।
बाम गठबन्धनले निर्वाचनमा सफलताप्राप्त गरेपछि पार्टी एकताको चरणमामात्र यसको घनीभूत छलफल हुनेछ । एकताको महाधिवेशनमा देशभरबाट आएकाप्रतिनिधिहरुको विहङ्गम छलफल र बहसबाट निष्कर्षमापुगिने सवालहो । बाम गठबन्धन आफ्ना वैचारिक मान्यताको निरन्तरतामाआएको क्रमभङ्गताहो । अब ठूलो वैचारिक उचाई प्राप्त गरेपछि मात्रपार्टी एकतालाई सहीनिष्कर्षमापुर्याउन सकिन्छ । विरालो कालो होस् वा सेतो, मुसा मर्नु पर्यो, बस् ।
अहिले यत्तिभन्न सकिन्छ—बहुलवादीखुल्ला समाजबन्द र नियन्त्रित समाजतर्फ फर्कन सक्दैन । संसारको कुनै शासनव्यवस्थाले प्रतिस्पर्धालाई निषेध गर्न सक्दैन । प्रतिस्पर्धा मानव स्वभावहो । समाजबादमामात्रहोइन साम्यबादमापनिमानवमानववीच स्वस्थ्यप्रतिस्पर्धा रहिरहन्छ । यो जन्मजात गुण भएकाले त्यसलाई नियन्त्रण गर्न खोज्नु कसैकालागि सुहाउने कुरो होइन ।
तर, हज्जारौं बर्षदेखिको शोषणबाट बर्ग,जाति र समुदायलाई आधुनिकविश्वको प्रविधि, सीप , शिक्षा र आवश्यक स्रोत साधनउपलब्ध गराउनुका साथै अकूत सम्पतिवालालाई राजकीय पहलबाट लोकतान्त्रिकनियन्त्रण गर्ने परिपाटी अवलम्बनगर्नु जरुरी छ ।
पूजीबादीशोषण र घाँटी कटुवा प्रतिस्पर्धाको अन्त्यगर्न श्रमजीवी सत्ताआवश्यक हुन्छ । श्रमजीवी सत्तानिर्माण गर्न सोही बर्गको सच्चाक्रान्तिकारी पार्टी नभई हुदैन । कसैलाई निषेध गरेर होइन, जनताको विचमानिर्वाचनमार्फत श्रेष्ठता हासिल गरेर समाजवादको मार्ग कोर्ने लक्ष्यबोकेको बाम गठबन्धनबाट कोहीकिनआत्तिने ?
दैनिक नेपाल बाट



