चीनको नेतृत्व एकपटक पुनः सि जिनपिंगको हातमा आएको छ । सि जिनपिंगको नाम संसारका शक्तिशाली नेतामा समावेश छ । आफ्नै देशमा पनि शी जिनपिंगको उचाइ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता माओत्से तुंग जत्तिकै भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले थप पाँच वर्षका लागि सिलाई चयन गरेसँगै उनी थप शक्तिशाली भएका छन् र अवको पाँच वर्ष चिनियाँ कम्युनिष्ट पार्टीमा उनको नेतृत्व हुने छ र विश्वमा चिनियाँ राष्ट्रपति ।
चीनका विषयमा चर्चा चुलिएसँग हामीले चीनबारे कही जानकारी पाठकहरुलाई दिँदै छौ जो सबैको जानकारीमा नहुन सक्छ ।
अमेरिकाले सय वर्षमा जति सिमेन्टको प्रयोग गरेको छ त्योभन्दा धेरै चीनले सन् २०११ देखि २०१३को बीचमा प्रयोग गरेको छ । चीनले यी तीन वर्षमा ६ हजार ६ सय १५ टन सिमेन्टको प्रयोग गर्यो ।
२००० इसा पूर्वको वरिपरि आइसक्रिमको खोज सबैभन्दा पहिले चीनमा भएको थियो । पहिलो आइसक्रिम दुध र चामल मिसाएर बनाइएको थियो ।
यति विशाल भूभाग हुँदासमेत चीन एउटै टाइम जोनमा छ ।
चीनमा बढ्दो वायुप्रदुषणका कारण त्यहाँ शुद्ध हावालाई बेच्ने गरिएको छ । शुद्ध हावा पाँच युआन प्रति क्यानमा बिक्रि हुन्छ । हावाको एउटा किसिम छ ‘तिब्बतको शुद्ध हावा’, दोसो किसिम – क्रान्तिकारी याहयान र तेस्रो पोष्ट–इन्डस्ट्रियल ताइवानी हावा ।

केचप (सस) पनि मूल रुपमा चीनको नै हो र यस्तै गरी मसालेदार माछाको सस पनि चीनकै आविष्कार हो ।
फुटबल खेलका लागि पनि चीनलाई नै श्रेय दिइन्छ । फिफाका आठौं अध्यक्ष सेप बल्टरले पनि फुटबलका लागि चीनलाई नै श्रेय दिएका थिए । चीनमा फुटबलको खोज दोस्रो वा तेस्रो शताब्दीमा भएको बताइन्छ ।
चीन आधिकारीक रुपमा नास्तिक देश हो तर यहाँ इटालीको भन्दा धेरै इसाई धर्मावलम्बी छन् । चीनमा करिब ५.४ करोडले इसाई धर्म मान्छन् भने इटालीमा ४.७ करोड इसायी अनुयायी छन् । चीन चाँडै नै संसारको सबैभन्दा ठूलो इसाई धर्मावलम्बि भएको देश बन्ने अनुमान गरिएको छ ।
चिनियाँ नागरिक कुकुरको मासु पनि खान्छन् । तर केही वर्षयता यसमा कमी आएको छ । अब मानिसहरु कुकुर र बिरालोलाई घरमा पाल्ने गर्दछन् । यद्यपी, त्यहाँ सर्पको मासु निकै रुचाइन्छ ।

चीनमा हरेक दिन औसतमा १७ लाख सुँगुर खपत हुन्छ । यहाँ सुँगुरको मासु सबैभन्दा बढी रुचाइन्छ । यद्यपी, कम कमाई भएका मानिसहरुले सुँगुरको मासु सजिलै खरिद गर्न सक्दैनन् ।
हङकङमा रहेका चिनियाँ एक दिन छुट्टी लिएर आफ्ना पूर्वजहरुको चिहान सफा गर्न चीन जाने गरेका छन् ।
पारम्परिक रुपमा चिनियाँ महिला रातो रंगको लुगामा विवाह गर्दछन् । रातो रंगलाई चीनमा भाग्यशाली रंग मानिन्छ जबकी सेतो रङलाई मृत्युको प्रतिकको रुपमा लिइन्छ ।

संसारका हरेक पाँचौं व्यक्ति चीनियाँ हुन् ।
सन् १९७८ मा चीनियाँ कम्युनिष्ट पार्टीले पुँजीवाद बजार सिद्धान्त पेश गरे । जब सन् १९८० को दशकमा चीनले आफ्नो बजार खोल्यो तब उक्त देश संसारको सबैभन्दा ठूलो उत्पादक बन्यो । चीनको अर्थव्यवस्था पछिल्लो तीन दशकदेखि औसत १० प्रतिशतको दरमा बढिरहेको छ । यस्तो २०१० सम्म रहेको थियो ।
बीबीसीको सहयोगमा



