झापा अर्जुनधारा ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग राख्दै बिर्तामोडमा निकालिएको र्याली हिंसात्मक बनेपछि प्रशासनले आज दिउँसो १:३० बजेदेखि कर्फ्यू लगाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार मुक्तिचोकलाई केन्द्र मानी पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको हो ।

आन्दोलनकारीले प्रहरीलाई ढुंगा, इँटा, बोत्तल, सिसा प्रहार गरेका छन् भने प्रहरीले ६ दर्जन अश्रु ग्यास र २ दर्जन हवाइ फायर गरेको छ । आन्दोलनकारीको ढुंगा प्रहारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन, दमकका निर्माण व्यवसायी राजकुमार थापाको हाइलक्स गाडी, पूर्वसांसद प्रेम गिरीको मोटरसाइकलमा क्षति पुगेको छ । बिबेचना अनलाइनले लेखेको छ ।आन्दोलनमा प्रहरी र आन्दोलनकारी घाइते समेत भएका छन् । प्रहरीले दर्जनौँ आन्दोलनकारीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah