आन्दोलनकारीले बिर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीको गाडी तोडफोड गर्नुका साथै घर तोडफोड गरेका छन् । शिवाकोटीले चढ्ने गरेको नगरपालिकाको गाडी र उनले प्रयोग गर्ने निजी गाडी तोडफोड भएको हो ।
बा.१० च ३०६१ नम्बरको नीजि गाडी र बिर्तामोड नगरपालिकाको मे १ झ. १२१ नम्बरको दुईवटा गाडी तोडफोड गरेका हुन् । 
साथै आन्दोलनकारीले मेयर शिवाकोटीको छोराको मे ७ प ३००० नम्बरको बुलेट मोटरसाइकल समेत जलाइदिएका छन् । आन्दोलनकारीले शिवाकोटीको घरमा एक्कासी आक्रमण गरेको मेयर शिवाकोटी जानकारी दिनुभयो ।
साथै आन्दोलनकारीले उत्तरमा रहेको ट्राफिक प्रहरीको भवनमा तोडफोड गरेका छन् । क्षतिको विवरण भने आइसकेको छेन् ।



