काठमाडौं कात्तिक १० । वर्तमान सन्दर्भमा निवर्तमान सांसद तथा पूर्व प्रहरी प्रमुख(आइजीपी) रविन्द्र प्रताप शाहले आशंका ब्यक्त गर्दै केही बुँदागत टिप्पणी सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन्। उनेले सुरुमै ''संक्षिप्त राजनैतिक बिश्लेषण (नमिल्न पनि सक्छ)'' भन्दै आफ्नो ११ बुँदे विचार सार्वजनिक गरेका छन्।
१) निर्वाचन समयमा नै हुन्छ |
२) निर्वाचन नभए मात्र संसद पुनर्स्थापनाको संभावना हो, त्यसैले त्यसतो संभावना देखिदैन |
३) निर्वाचन नभए संसद पुनर्स्थापनाको विकल्प पनि छैन र त्यसो हुंदा नेपाली कांग्रेसलाई झन बढी घाटा हुनेछ |
४) पहिले २/२ पटक निर्वाचन गराउन नसकेकोले जुन दाग लागेको छ, त्यो मेटाउन पार्टीले हारे पनि आफ्नो ब्यक्तिगत साख जोगाउन प्रधानमन्त्रीले चुनाब गराई छाड्नेछन |
५) प्रत्यक्षतर्फ नेपाली कांग्रेसले नमज्जासंग चुनाव हार्दैछ, समानुपातिकतर्फ भने त्यति फरक पर्ने छैन |
६) एमालेसंग पनि बहुमत हुने छैन तर, ठूलो दल बन्ने संभावना छ, संसद फेरि पनि त्रिशंकुनै हुनेछ |
७) तेश्रो दल र अन्य मघेशवादीलगायत अन्य साना दलका सदस्यहरुको भाउ आकासिने छ |
८) वाम गठबंधनबीच टिकट बितरणको जुन रस्साकस्सी देखिएको छ, त्यसले निर्वाचन पछि पार्टी एकता तुरुन्तै हुने कुरामा त्यति बिश्वस्त हुन सकिन्न |
९) अहिले देखिएको दुबै गठबन्धन नयॉ सरकार बनुन्जेलसम्म मात्रहोला, त्यसपछि नयॉ गठबन्धनको कसरत शुरु हुने प्रबल संभावना छ |
१०) अहिले देखिएको ध्रुविकरणबाट नेपाली कांग्रेसले ब्यहोरेको घाटा एमाले, माओवादी केन्द्र, जनमोर्चा, दुबै राप्रपा, मधेश केन्द्रित दल, नयॉ शक्तिहरुले बाँडचुड गरेर लिनेछन |
११) गठबन्धनले २/३ संख्या ल्याए मात्र औचित्य सावित हुन सक्छ, किनकि त्यसले संविधान संशोधन गरेर संसदीय प्रणालीलाई “प्रत्यक्ष निर्वाचित राष्ट्रपति” प्रणालीमा रूपान्तरण गर्न सक्छ, नत्र नेपाली राजनीतिमा अस्थिरता कायमनै रहेनेछ | अस्तु...!
लोकान्तर बाट सभार









