दमक/झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै बिहानैदेखि प्रदर्शनकारी बिर्तामोडको सडकमा भेला हुन थालिसकेका थिए । प्रहरीले पनि र्याली सहित प्रदर्शनकारीले बिर्तामोड बजार बन्द गराउन खोजेको बिषयमा सुचना पाएको थियो ।
सडकमा बाक्लै प्रहरी देखा पर्न थालेका थिए । बालकको हत्याको बिषयमा बिरोध जनाउनका लागि प्रदर्शनकारीहरुको उपस्थिति पनि बाक्लै थियो । उक्त र्यालीमा सहभागि एक घाइतेका अनुसार प्रहरीले बीचमा र्याली रोक्न खोज्यो ।
तर यसलाइ प्रदर्शनकारीले मानेनन् । त्यसपछि शुरु भएको झडपले बिर्तामोड तनावग्रस्त बनेको छ । कफ्र्यू समेत लागेको छ । प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु समेत भइसकेको छ ।

प्रहरीले चरम दमन गरेको आरोप लागेको छ । प्रदर्शनकारीहरुले प्रहरीमाथि समेत आइलागेकाछन् । सरकारी कार्यालयहरु समेत तोडफोड भएको छ । जिल्लाका बिभिन्न प्रहरी कार्यालयहरुबाट थप प्रहरी बल बिर्तामोड गइरहेको सुरक्षा श्रोतको भनाइ रहेको छ ।
प्रहरीको असवधानि र अत्याधिक बल प्रयोगका कारण बिर्तामोडको घटना भएको बताइदै आएको छ । सुरक्षा प्रमुखहरुको समेत साझमा आपतकालिन बैठक बसेको जनाइएको छ ।



