काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि थप ८ जना उमेदवार तय गरेको छ ।

बालुवाटारमा शुक्रबार बसेको संसदीय समितिको बैठकले प्रतिनिधि सभा तर्फका लागि थप ८ जना उमेदवारको नाम तय गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समितिका एक सदस्यका अनुसार सुर्खेत २ मा हृदयराम थानी, प्युठान १ मा गोबिन्द पोखरेल, सल्यानबाट राजेन्द्रबहादुर शाह र डोटीबाट बीरबहादुर बलायरको नाम टुंगो लागेको हो ।

बिहिबार नै टुंगो लागेर पनि हस्ताक्षर नभएको ४ उमेदवारको समेत शुक्रबार टुंगो लागेको छ । जसमा तीर्थ लामा काभ्रे १, प्रेमचन्द दाहाल सिन्धुली १, नरेन्द्रजंग थापा सिन्धुली २  र केशब थापा इलाम २ छन्।

सबैका नाममा शुक्रबार हस्ताक्षर भएको हो । यस अघि बिहिबारको बैठकले शिर्ष नेता सहितका २२ नेताहरुको निर्वाचन क्षेत्र तय गरेको थियो ।