बिष्णुप्रसाद पोखरेल
दमक/सधै साझमा निक्कै ब्यस्त रहने झापाको प्रमुख ब्यापारी केन्द्र बिर्तामोड शुक्रबार साँझदेखि सन्नाटाको शहर बन्यो । सडकमा मान्छेको आवतजावत होइन ढुंगाहरुले एकछत्र राज गरे । भखैरै लडाइ सकिएको ताजा स्थलजस्तै बनेको भान हुन्थ्यो बिर्तामोडको मुक्ति चोक ।

रातीदेखि नेपाली सेना सडकमा देखिए । रणमैदान बनेको सडकमा सेनादेखेपछि बिर्तामोडबासी समेत घर बाहिर निस्कने सकेनन् । कफ्र्यू लागेका कारण कसैको आवतजावत पनि भएन ।

एक बालकको रहस्यमय मृत्युको बिषयमा भएको बिरोध र्यालीले उग्र रुप लिदा एकको ज्यान नै गयो । प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहयो साँझसम्म । साँझपछि भने झडप त भएन तर मनमा सन्त्रास कायमै रहयो ।

अब के होला ?

७ बुदे सहमति भएको र गृहमन्त्रालयबाट छानबिन समिति बनेको सार्वजनिक भएको छ । यसपछि अब के होला ? आन्दोलन रोकिएला ? सबैको मनमा प्रश्न तर्सिएको छ । अहिले पनि बिर्तामोडमा कफ्र्यू जारी रहेको छ । सेना समेत सडकमा निस्केकाछन् ।

संयमताको खाँचो

सुरक्षाकर्मी र प्रर्दशनकारीहरुले संयमता अपनाउनु जरुरी छ । शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार कुण्ठित हुनु हुदैन । तर शान्तिपूर्ण आन्दोलन ध्वंसात्मक र प्रतिसोध साद्ने प्रकृती बन्नु हुदैन । घुसपैठ हुनसक्छ यसमा चनाखो बन्नुपर्छ ।

दोषीमाथि कार्वाही गर

यस्ता घटना फेरी दोरिनु हुदैन । यस घटनामा जिम्मेवार को छ ? कसरी यस्तो हुन पुग्यो छानबिन जरुरी छ । दोषी जो छ उसलाइ कार्वाही गरिनु पर्दछ । त्यो नभएमा यस्ता घटनाहरुले फेरी प्रोत्साहन पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah