झापाको कमल गाँउपालिका सबै सामुदायिक बिद्यालयहरुमा अग्रेजी माध्यामबाट पढाउनु पर्ने ब्यवस्था गरिएको छ । कमल गाँउपालिकाको प्रथम गाँउसभाले यस्तो निर्णय गरेको हो ।
गाँउसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले गाँउपालिकामा रहेका सबै बिद्यालयमा अग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउने ब्यवस्था लागु गरिने बताइएकीहुन् ।
यसै गरी सामुदायिक बिद्यालयका शिक्षकहरुलाइ मन्टेश्वरी तालिमको ब्यवस्था गरिने पनि उल्लेख गरिएको छ । यसले शिक्षामा सुधार आउने अपेक्ष लिइएको पनि बताईएको छ ।
यसैगरी स्वास्थ्य क्षेत्रमा समेत गाँउपालिकाले महत्वपूर्ण निर्णय गरेको छ । गाँउपालिकाभित्र एक स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती केन्द्र संचालन गर्ने अध्यक्ष काफ्लेले बताएकीछन् ।



