बाम गठबन्धनको तर्फबाट झापाको क्षेत्र नं. २ मा राम कार्की उठ्ने भएकाछन् । माओबादी केन्द्रका नेता तथा पूर्व सञ्चारमन्त्री कार्की २ बाट उठ्ने निश्चित बनेको बताईएको छ ।
नेकपा एमाले र माओबादी केन्द्रबीच भएको निर्वाचन तालमेल अन्र्तगत झापाको क्षेत्र नं.२ कार्कीले पाएकाहुन् । क्षेत्र नं. २ नम्बर र क्षेत्र नं. ४ नम्बरमध्ये एक एमालेले छाड्ने बताइदै आएको थियो ।
५ वटा निर्वाचन क्षेत्र रहेको झापामा ५ नम्बरबाट एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उठ्दै हुनुहुन्छ । ४ नम्बर क्षेत्रमा एलपी साँवा उम्मेदवार बन्ने निश्चित नै भइसकेको छ ।



