धादिङ, ११ कार्तिक–सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको रात्रीबस धादिङको गजुजरी–५ धारबेसीबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
प्रहरीले नदीबाट ३० जनाको शव निकालिएको जनाएको छ । प्रहरीका अनुसार नदीबाट ९ महिला, ६ बालक, ५ बालिका र १० पुरुषको शव निकालिएको छ ।शनिबार बिहान ६ बजेतिर ना ६ ख १४६७ नम्बरको बस गजुरी–५ घारबेसीबाट त्रिशुली नदीमा खसेको हो । बसमा करिब ६० जना यात्रु रहेको प्रहरीको अनुमान छ ।
नदीबाट १६ जना यात्रुको उद्दार गरिएको प्रहरीले जनाएको छ । नदीमा डुबेको बस फेला परेपनि सिसा फुटाएर बसभित्र जान नसकिएकाले क्रेन लगाएर बस बाहिर निकाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उद्दार गरिएका घाइतेहरुलाई गजुरी अस्पतालमा राखिएको छ । २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पुर्याइएको छ ।
मृत्यु हुने यात्रुको संख्या बढ्न सक्ने प्रहरीको जनाएको छ । बसमा रहेका २४ यात्रु अझै बेपत्ता रहेका जनाइएको छ ।
दुर्घटनामा ३० जनाको मृत्यु भएको विवरण प्राप्त भएपनि अहिलेसम्म १२ जनाको मात्रै पहिचान खुलेको छ ।
दुर्घटनामा मृत्यु भएकामध्ये पहिचान खुलेका १२ जनाको विवरण:
१) नरेश मुखिया – सप्तरी २) शुसान चौधरी – सप्तरी ३) रमानन्द यादव – सप्तरी ४) संजित कुमार झा – सप्तरी ५) सिम्मी कुमारी झा– सप्तरी ६) आदित्य यादव – सप्तरी ७) राज कपुर यादब – सिरहा ८) पार्वती चौधारी – सप्तरी ९) चन्द्ररेखा प्रमणी – सप्तरी १०) मन्जित कुमार झा – सप्तरी ११) चन्द्रावती झा – सप्तरी १२) ममता देवी ठाकुर – मधुवनी बिहार भारत
दुर्घटनामा घाइतेभएकामध्ये १५ जनाको पहिचान खुलेको छ ।
घाइते भएकाको विवरण:
१) अमन ठाकुर– राजबिराज नगरपालिका– २ २) श्रवण कुमार ठाकुर– राजबिराज नगरपालिका– २ ३) उद्द्ब ठाकुर– राजबिराज नगरपालिका– २ ४) दिवस कान्त पन्डित– सिराह भगवानपुर– १ ५) दुर्गा नन्द चौधरी– राजबिराज नगरपालिका– ९ ६) दुर्गा नन्द यादब– राजबिराज नगरपालिका– ९ ७) नितिदिता चौधरी– सप्तरी ८) सुगम चौधरी– सप्तरी ९) सन्तोश सरदार– सप्तरी राजविराज १०) मनोज ठाकुर– मधुवन बिहार भारत ११) गणेश ठाकुर– मधुवन बिहार भारत १२) गौरी शंकर ठाकुर– मधुवन बिहार भारत १३) अभिषेक चौधरी– मधुवन बिहार भारत १४) सुशिल यादब– सप्तरी राजविराज १५) सुरेन्द्र कुमार यादब– सप्तरी राजविराज










