झापाको बिर्तामोडमा जारी रहेको कफ्यू केहि समयका लागि खुला गर्ने र त्यसपछि जारी राख्ने प्रशासनले तयारी गरेको छ । कतिखेर खुला गर्ने भन्ने बिषयमा भने खुलेको छैन ।
झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केहि समय कफ्र्यूलाइ खुला गर्ने र त्यसपछि भोलीसम्म कफ्र्यू जारी रहने बताएकाछन् । उनले भोली आइतवार फेरी कफ्र्यूको बिषयमा निर्णय हुने जनाए ।
शुक्रबार अचानक बिना जानकारी कफ्र्यू जारी गरेपछि धेरैजना बिर्तामोडमा नै अलपत्र परेका थिए । कफ्यू नखुल्दा जन जिबनसमेत कष्ठप्रद बनेको बताइदै आएको छ ।




