झापाका राजनीतिक दल र स्थानीय प्रशासन प्रमुख सम्मिलित बैठकले विर्तामोडमा बालक हत्याको विषयमा शुक्रवार भएको प्रदर्शनमाथि प्रहरीले अनावश्यक बल प्रयोग गर्दा हिंसात्मक अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ ।

शान्तिपूर्ण जुलुसमा हस्तक्षेप भएपछि आक्रोसित प्रदर्शनकारी तोडफोडमा उत्रिदा झडपको अवस्था आएको भन्दै शनिबार बैठकले घटनामा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डीएसपी राजकुमार सिलवालको भूमिका मुख्य जिम्मेवार रहेको ठहर गरेको हो । ई-नया पत्रीकामा खबर रहेको छ ।

घटनाको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र झापाका प्रहरी प्रमुख एसपी विष्णुबहादुर केसी समेत सम्मिलित सर्बपक्षीय बैठकले डीएसपी सिलवालको भूमिका उपर छानविन गरी प्रहरी नियमावली अनुसार आवश्यक कारवाही गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एमाले नेता एकराज कार्कीले बताए ।

झापा अर्जुनधाराका ११ वर्षीय लक्ष्मण सिवाकोटीको शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयबासीले विर्तामोडमा गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर शुक्रवार अर्जुनधारा–११ का ३२ वर्षीय नरेश थापाको मृत्यु भएको थियो ।

घटनामा प्रहरीले चलाएको गोली लागेर अरु छ जना गम्भीर घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन भन्दै स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू भने अझै जारी छ । बैठकले प्रहरीको गोली लागेर मृत्यु भएका थापाको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा तत्काल सिफारिस गर्ने निर्णय गरेको एमाले नेता कार्कीले जानकारी दिए ।

बैठकमा पीडित परिवारलाई काजक्रिया खर्चबापत विर्तामोड नगरपालिका, जिल्ला समन्वय समिति झापा र विर्तामोड उद्योग वाणिज्य संघका तर्फबाट ६० हजार रुपैयाँ उपलब्ध गराउने सहमति पनि भएको छ । सर्बपक्षीय बैठकले मृतक थापाकी श्रीमती अनितालाई तत्काल अर्जुनधारा नगरपालिकामा रोजगारीको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

बैठकले प्रहरीको गोली लागेर घाइते भएकाहरुको उपचार खर्च सरकारका तर्फबाट व्यहोर्ने समेत निर्णय गरेको छ । घटनामा आन्दोलनकारीका तर्फबाट विर्तामोड नगरपालिकाका प्रमुख धु्रबकुमार सिवाकोटी र सांसद प्रेम गिरी लगायतको घर तथा सबारी साधनमा भएको तोडफोडको क्षति आँकलन गरी क्षतिपूर्तिका लागि सिफारिस गर्ने पनि निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah